मङ्लबार, बैशाख ११, २०८१

वार्ताको रवैया आन्दोलन निस्तेज बनाउँने प्रपञ्च : अध्यक्ष यादव

काठमाडौं  फागुन, ११ मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढदलको बहुमतीय दम्भ विरुद्ध आगामी फागुन १६ बाट विपक्षी गठबन्धबाट सुरु upendra-yadav-final5हुने निर्णायक आन्दोलनको तयारीबाट अत्तालिएर सरकारले विपक्षी मोर्चाको आन्दोलनलाई निस्तेज बनाउँने प्रपञ्च अनुरुप वार्ताको कार्ड फालेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष उपेन्द्र यादवले आज राजविराजमा सञ्चारकर्मीसङग संक्षिप्त कुराकानी गर्दै यस्तो आरोप लगाउँनु भएको हो । कुराकानीकै क्रममा अध्यक्ष यादवले सरकार अहिले जसरी हुँन्छ ३० दलीय गठबन्धको आन्देलनलाइ तुहाउँने सूत्रको खोजीमा छ भन्दै वार्ताको रटान लगाउँने तर विश्वसनीय वातावरण नदिने भन्दै सरकारल कस्तो किसिमको वार्ता गर्न खोजेको हो त्यो प्रस्पष्ट हुँनु पर्नेमा जोड दिनुभएको छ ।

साथैै यदि सरकारले वास्तविक रुपमानै वार्ता र सहमति चाहेको हो भने विगतका सहमति र सम्झौतालाई कार्यान्वयन गर्ने, संविधान निर्माणको प्रश्नावली समिति फिर्ता गर्नु र सहमतिमै संविधान जारी गर्ने प्रतिबद्धता सहितको विश्वसनीय वातावरण निर्माण गर्नुपर्ने बताउँनु भएको प्राप्त समाचारमा जनाईएको छ ।