बुधबार, बैशाख १२, २०८१

लाठी जुलुस गरे कारबाही :गृह मन्त्रालय

काठमाडौ फागुन १३,  एमाओवादी सहितको ३० दलीय मोर्चाको मङगवार साँझ आगामी फागुन १६ गते गर्ने भनिएको सभाका तयारीस्वरुप राजधानीमा बाँसको लाठी सहित press rilijवाइसिएल कार्यकर्ताले गरेको मार्चपासमा प्रति आफ्नो ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मार्चपासको क्रममा प्रयाग भएको लाठीले जनजीवन आतङ्कित बनाएको भन्दै आज एक विज्ञप्तिमार्फत जनप्रदर्शनका नाममा कानुन हातमा लिई जनजीवन आतङ्कित पार्ने कार्य गैरकानुनी भएको हुँदा यस्तो गतिविधि नगर्न अपिल गर्दै यस्तो गैरकानुनी क्रियाकलाप गरेको वा संलग्न भएको पाइएमा कानुनबमोजिम कारबाही हुने जनाएको छ ।

वाइसिएल कार्यकर्ताले मङगलवार राजधानीमा संविधान निमार्णको हकमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दल बहुमतीय प्रक्रिया अनुसार अघि बढेको भन्दै असन्तुष्टी प्रकट गर्दै लाठी जुलुस प्रर्दशन गरेका थिए ।