शुक्रबार, चैत्र १६, २०८०

लडाकू शिविरको खर्च छानबिनको माग गर्दै युवा सङघले अख्तियार घेर्ने

काठमाडौ फागुन १३,  नेकपा एमालेको भातृसङगठन युवा सङघ नेपालको पाँचौ पूर्णबैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सङघका अध्यक्ष yuwasangनिरु पालले एमाओवादी लडाकूको शिविरका लागि सरकारबाट दिइएको खर्च पारदर्शी नभएको भन्दै छानबिनको माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा धर्ना दिनेलगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताउँनु भएके छ ।

त्यस्तै पत्रकार सम्मेलनमा सङघका अध्यक्ष पालले अख्तियारले १० हजार घूस लिनेहरुलाई समात्ने अख्तियारले लडाकुको नाममा ४ अर्ब भन्दा बढी घोटाला हुँदा सोत कुनै छानबिन नगरेकोमा अक्रोस व्यक्त गरेका थिए ।  त्यस्तै सङघले वैदेशिक रोजगारीमा जाने युवाहरुबाट उठाइने शुल्कमा भएको अनियमितता र सरकारी निकायबाट भएको ढिलासुस्तीबारे पनि अभियान चलाउने निर्णय भएको जानकारीदिदै आगामी चैत ७ र ८ गते हेटौंडामा राष्ट्रिय युवा परिषदको बैठक आयोजना गर्ने निर्णय गरेको महासचिव राजीव पहारीले जानकारी दिएका छन ।