शुक्रबार, चैत्र १६, २०८०

राप्रपा नेपालले भने-विधि ,प्रक्रिया र अधिकार सुनिश्चित नगरिए संविधान निर्माण प्रक्रियाबाट अलग हुन्छौं

काठमाडौ माघ २०, राप्रपा नपालले सोमवार संसदीय दलको कार्यालयमा पत्रकार सम्मलनको आयोजा गर्दै संविधानसभामा सबै विषयमा प्रश्न उठाउने, छलफल गर्ने र RPPN-Jhanda1निर्णय गर्न पाउने अधिकार सुनिश्चित नगरिए आफुहरु संविधान निर्माण प्रक्रियाबाट अलग हुन बाध्य हुने जनाएको छ ।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले संविधानका अन्तर्वस्तुबारे निर्णय गर्ने अन्तिम एवम् सार्वभौम अधिकार संविधानसभाको पूर्ण बैठकलाई भएको भन्दै कुन विषयमा प्रश्न बनाउने वा नबनाउने भन्ने स्वविवेकीय अधिकार समितिलाई लाई नभएको बताउँदै सत्तारुढ दलले आईतवारको बैठकमा धर्मनिरपेक्षता, गणतन्त्र र सङ्घीयतालगायतका विषयको प्रश्न बनाउन नपाउने जुन कार्यविधि तयार पारेको छ त्यो आफुहरुलाई मान्य नभएको बताएका थिए ।