शनिबार, बैशाख ८, २०८१

राजधानीमा यात्रुबस दुर्घटना, एकको मृत्यु, नौजना यात्रु घाइते

काठमाडौ माघ २०,  राजधानीको टेकुमा आज बिहान त्रिपुरेश्वरबाट कालीमाटीतर्फ गइरहेको कलंकी–कपन रुटमा चल्ने बा १ ख ९५४१ नम्बरको यात्रु बस बिहान ५ः३० बजे दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै नौजना यात्रु घाइते भएका छन् ।  महानगरीय प्रहरी वृत्त कालीमाटी अनुसार उक्त दुर्घटनामा बसका कन्डक्टर २५ वर्षीय कुशल गुरुङको मृत्यु भएको थाह भएको छ ।  दुर्घटनामा घाइते भएका अरु यात्रुको अवस्था सामान्य रहेको र उनीहरूको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ । तीव्रगतिमा रहेको सो बस रिक्सालाई बचाउन खोज्दा सडकमै पल्टिएको थियो । बसका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।