बिहिबार, बैशाख ६, २०८१

राजधानीमा आजबाट राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी सुरु

काठमाडौ फागुन ६,  घरेलु तथा साना उद्योग विकास समितिद्दारा राजधानीको भृकटीमण्डपमा आजबाट छब्बीसौं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको 10994835_10202356171224334_1516386014_nसुभारम्भ भएको छ ।

लघु, घरेलु तथा साना उद्यमीलाई राष्ट्रियस्तरमा परिचित गराउँदै उत्पादित वस्तुको बजारीकरण तथा प्रवद्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको प्रस्तुत प्रर्दशनीको उद्घाटन गर्दै उद्योगमन्त्री महेश बस्नेतले स्थानीयस्तरका यस्ता रोजगारीको समेत वातावरण सिर्जना गर्ने उद्योगको विकासका लागि औद्योगिक चेतनाका साथै स्वदेशी उत्पादनको प्रयोगका लागि जनतालाई सूचित गराउन आवश्यक रहेको बताउँन भएको छ । त्यस्तै उहाँले यस्तो उद्योगलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरणमा जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल, उद्योग मन्त्रालयका निमित्त सचिव जितबहादुर थापा, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष सुरेश प्रधान, साना तथा मझौला व्यवसायी महासङ्घका उपाध्यक्ष मोहन कटुवाल लगायतले बोल्न भएको थियो