बुधबार, बैशाख १२, २०८१

राजधानीको डल्लुक्षेत्रबाट ढुकटी खेल्दैगरेका १० पक्राउ

काठमाडौँ फागुन १४ , राजधानी कामपा वडा  .न. १५ स्थित डल्लु आवास क्षेत्रबाट महानगरीय अपराध अनुसन्धान महाशाखाले अवैधरुपमा ढुकटी खेलिरहेको अवस्थामा रु images११ लाख नौ हजार ७३५, आठ हजार ७०० भारतीय रुपैयाँ, विभिन्न बैंकहरूको काटिएको चेक रु ३१ लाख ९७ हजार ५०० सहित १० जनालाई पक्राउ गरेको छ ।

त्यस क्षेत्रमा अवैधरुपमा ढुकुटी खेलिरहेको भन्ने सूचनाका आधारमा महाशाखाको टोलीले वुधबार साँझ उनीहरूलाई पक्राउ गरि आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ चलान गरिएको समवद्ध स्रोतले जनाएको छ।   यसरी पक्राउ पर्नेमा सुचित्रा माली, सम्पूर्ण घर्तीमगर, बालकृष्ण घर्तीमगर, सुभाष जिसी, श्वेता राई, बविता भट्ट सापकोटा, कञ्चन महर्जन, निलम तामाङ, सङ्गीता थापा, साङ्गे शेर्पा रहेको प्रहरीले जनाएको छ ।