शनिबार, बैशाख ८, २०८१

महाशिवरात्रि तथा सेना दिवसको विशेष कार्यक्रममा राष्ट्रपति सरिक

काठमाडौ फागन ५ , महाशिवरात्रिपर्व एवम् सेना दिवस २०७१को अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा आज आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका  परमाधिपति एवम् राष्ट्रपति डा रामवरण यादव सरिक हुनुभएको छ ।

कार्यक्रममा राष्ट्रपति डा यादवले नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै फ्रि फल जम्पका विजयीलाई पुरस्कार प्रदान गर्नुभएको थियो भने त्यस अवसरमा सेनाले निशान प्रदान कवाज, महाशिवरात्रि बढाइँ कवाजका साथै मार्चपास, सहित छिटो लहरे, अर्धचन्द्र र क्रसिङ बढाइँ तथा तोपबाट समेत बढाइँ प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुवास नेम्वाङ , मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि र समाजका लब्धप्रतिष्ठित महानुभावको पनि सो अवसरमा उपस्थिति रहको थियो ।