मङ्लबार, बैशाख ११, २०८१

मन्दिर जीर्णोद्वारका लागि आज विशेष क्षमा पूजा गरियो

काठमाडौ फागुन १५, मनको चाहना पूरागर्ने देवी मनकामना मन्दिरको दक्षिण पश्चिम र मन्दिरको गजुर नौ इन्च ढल्किएपछि मन्दिरको जगैदेखि जीर्णोद्वार गर्नका लगि  आज मन्दिर परिसरमा क्षमा पूजा गरिएको छ ।

मन्दिरका पुजारी इन्शान थापालाई उदृत गर्दै प्राप्त समाचारमा उल्ल्ेख भएअनुसार आज बिहान १० बजेदेखि मन्दिर बाहिर प्राङ्गणमा तान्त्रिक पूजा र मन्दिरभित्र वैधिक विधिअनुसार पूजा गरिएको छ । त्यस्तै क्षमा पूजापछि राम्रो साइत हेराएर दुई हप्ताभित्र मन्दिरको गजुर झिक्ने तयारी जीर्णोद्वार समितिले गरेको छ ।

करिब रु १३ करोड लागतमा एक वर्षभित्र मन्दिर जीर्णोद्वार गरिन लागेको मनकामना मन्दिरमा जीर्णोद्वारका क्रममा पनि पूजा भन यथावत रुपमा सञ्चलान हुँने पूजारी इन्शान थापाले बतउनु भएको छ । मन्दिरमा क्षमा पूजा गर्न र क्षमा पूजा अवलोकनका लागि भक्तजन, पुरातत्व विभागका कर्मचारी र मन्दिर वरपर घर भएका स्थानीय बासिन्दाको बाक्लो उपस्थिती रहको थियो ।