शनिबार, बैशाख ८, २०८१

मन्त्रिपरिषद्को बैठक : नयाँ गभर्नर नियुक्तिका लागि समिति गठन

काठमाडौ फागुन १२ , मन्त्रिपरिषद्को आज बसेको बैठकल सरकारले नेपाली सेनाको रथी पदमा उपरथी राजेन्द्र क्षेत्रीलाई बढुवा सहित पदस्थापना गर्ने निर्णय गरेको singhadurbarसरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभएकोछ ।  त्यस्तै सेनाको प्राविधिक उपरथीमा योगेन्द्रबहादुर खाँणलाई पदोन्नति गरी विकास निर्माण तथा स्थपति महानिर्देशनालयमा पदस्थापना तथा सहायक रथीमा कमालसिंह प्रधानलाई बढुवा गर्ने निर्णय गरिएको छ ।

त्यस्तै गरि मन्त्रिपरिषद्ले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि अर्थमन्त्री डा रामशरण महतको अध्यक्षतामा पूर्व गभर्नर हिमालय शम्शेर जबरा र अर्थशास्त्री डा पार्थिवेश्वर तिमिल्सिना रहनुभएको तीन सदस्य समिति गठन गरेको छ भने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति तथा राष्ट्रियगानका सङ्गीकार अम्बर गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचारमा लागेको खर्चसमेत व्यहोर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्ले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि अर्थमन्त्री डा रामशरण महतको अध्यक्षतामा पूर्व गभर्नर हिमालय शम्शेर जबरा र अर्थशास्त्री डा पार्थिवेश्वर तिमिल्सिना रहनुभएको तीन सदस्य समिति गठन गरेको छ ।

 त्यसैगरि बैठकले नेपाल कानुन सुधार आयोगको सदस्यमा अधिवक्ता दुर्गाबहादुर अर्याल, बलबहादुुर राई र विजय अर्याल, उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा सुरेन्द्र पौडेल, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक केन्द्रको महाप्रबन्धकमा अन्जना ताम्राकारलाई नियुक्त गरेको छ ।  त्यस्तै पिछडिएको समुदाय विकास समितिको उपाध्यक्षमा रामचन्द्रप्रसाद कोइरी र सदस्यमा निजामुद्दिन अन्सारीलाई नियुक्त गरेको छ भने उच्चस्तरीय प्रशासन सुधार सुझाव कार्यान्वयन अनुगमन समितिको अध्यक्षमा काशीराज दाहाललाई नियुक्त गरेको छ ।