बिहिबार, बैशाख ६, २०८१

मतादेशको आधारमा जनादेशलाई लत्याउन खोजेको प्रचण्डको आरोप

काठमाडौं फागुन ७,    एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रले भने जस्ते तत्कालीन समयमा आफ्नो पार्टीसङग कुनै सम्झौता नभएको dhaallबताउँनुभएको छ। बनेपामा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले पूर्वराजा ज्ञानेन्द्रले ९ वर्षपछि सार्वजनिकरुपमा प्रजातन्त्र दिवसको  शुभकामना दिदै जेजस्तो अभिव्यक्ति सार्वजनिक गरेका छन त्यसको जवाफ नेपाली काँग्रेस र नेकपा—एमालेले नै दिनुपर्ने बताएका छन ।

त्यस्तै उहँले काँग्रेस र एमालेले मतादेशको आधारमा जनादेशलाई लत्याउन खाजेको आरोप लगाउँदै अहिले काँग्रेस र एमाले निरङ्कुशरुपमा अघि बढ्न खोजेको आरोप लगाएका छन । त्यस्तै पार्टी महासचिव कृष्णबहादुर महराले अहिले यथास्थितीवादी र प्रतिगामी शक्तिबीच द्वन्द्व चलेको उल्लेख गर्दै जनताको आन्दोलनबाट प्रतिगामीलाई परास्त गरिने अभिव्यक्तिदिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।