शुक्रबार, चैत्र १६, २०८०

प्रधानन्यायाधीश साहबाट पदाधिकारीलाई सपथ, सपथलगत्तै पदाधिकारीद्दारा पदबहाली

काठमाडौ माघ २८,  प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले  सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्व कालमा भएका घटनाहरुको छानबिन गरी पीडितलाई timthumbक्षतिपूर्ती र पीडकलाई कारबाहीका लागि सरकारलाई सिफारिस गर्ने कार्यादेश पाएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका नवनियुक्त अध्यक्ष लोकेन्द्र मल्लिक र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङलाई पद तथा गोपनियताको सपथ गराउनुभयो । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश साहले पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश मल्लिक र पूर्वराजदूत गुरुङलाई सपथ गराउनुभएको हो ।

 त्यस अवसरमा प्रधानन्यायाधीश साहको उपस्थितिमा अध्यक्षद्वय मल्लिक र गुरुङले आ–आफ्ना आयोगका सदस्यलाई पनि पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले छानविन आयोगको अध्यक्षमा पूर्व मुख्यन्यायाधीश मल्लिक तथा सदस्यमा विजुल विश्वकर्मा, प्राडा विष्णु पाठक, नरकुमारी गुरुङ र आइतबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

  यसैगरी सो सिफारिस समितिको सिफारिस बमोजिम मन्त्रिपरिषद्ले मेलमिलाप आयोगको अध्यक्षमा पूर्वराजदूत गुरुङ तथा सदस्यमा लीला उदासी, कृष्ण सुवेदी, डा माधवी भट्ट र मञ्चला झालाई नियुक्त गरेको थियो । समारोहमा कानुन, न्यायसंविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्य, कानुन सचिव भेषराज शर्मा, सर्वोच्च अदालतका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो । सपथलगत्तै दुबै आयोगका पदाधिकारीले शान्ति तथा पुननिर्माण मन्त्रालयमा गएर पदबहाली गर्नुभएको थियो ।