शुक्रबार, बैशाख ७, २०८१

प्रजातन्त्रको मूल्य मान्यतामा कसैसङग सम्झौता हुन सक्दैन : प्रम कोइराला

काठमाडौ फागुन ८,  प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहको जन्म सताव्दीको अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा आज राजधानीमा PMआयोजित लोकतन्त्र, लोकतान्त्रिक आन्दोलन र गणेशमान’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले त्यसका लागि दलहरुसँग वार्ता, सम्वाद, सहमति र एकताद्वारा नै संविधानका अन्तरबस्तुमा सहमति खोज्नुपर्छ भन्ने पक्षमा आफु दृढ रहको बताउँनु भएको छ ।

तर प्रजातन्त्रको मूल्य मान्यतामा कसैसङग सम्झौता हुन नसक्ने भन्दै प्रम कोइरालाले कनैपनि हालतमा लोकतान्त्रिक संविधान जारी गरेररै मात्र आफुले विश्राम लिने बताउँनु भएको छ।  सम्बोधनको क्रममा प्रम कोइरालाले मुलुकको विकास र समृद्धिका लागि शान्ति र अमनचयन अपरिहार्य रहेको बताउँदै आन्दोलन, डर, धम्की होइन शान्तिको मार्ग  अख्तियार  गर्दै सवै राजनैतिक दल एकाकार हुनुपर्नेमा विशेष जोड दिनु भएको छ।

कार्यक्रममा नेकपा—एमालेका अध्यक्ष केपी ओलीले प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहको विचार, हिम्मत, लोकतन्त्रप्रतिको विश्वासले आफूलाई जेलभित्र र बाहिरसमेत लोकतान्त्रिक आन्दोलनमा लाग्न प्रेरणा प्राप्त भएको स्मरण सनाउँदै बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको अभिमत प्राप्त गर्ने लोकतान्त्रिक मूल्य मान्यता विपरित मलुकमा चलखल भईरहको बताउँन’ भएको छ ।

त्यस्तै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले समावेशी लोकतन्त्रको पक्षपोषणका लागि यथाशिघ्र लोकतान्त्रिक संविधान आजको आवश्यकता भएको र लोकतान्त्रिक संविधान जारी  भएमात्र  स्व :गणेशमान सिंहको सपनालाई साकार तुल्याउन सकिने बताउँनुभएको छ ।

त्यस्तै गरि भारतीय जनता पार्टीका नेता भगतसिंह पन्जियार खुसीयारीले लोकतन्त्रको आन्दोलनमा त्याग र बलिदान दिनुभएका स्व गणेशमानको योगदान नेपालमा मात्र सीमित नभएर हिन्दुस्तानमा समेत रहेको बताउँन भएका उक्त कार्यक्रममा पूर्वमन्त्री एवम् संविधानविद् निलाम्बर आचार्य  प्रतिष्ठानका अध्यक्ष एवम् सभासद् नविन्द्रराज जोशी लगायतले स्व. सिंहले प्रजातन्त्र स्थापनाका लागि गर्नुभएको योगदान र उहाँको व्यक्तित्व, साहस, त्याग, बलिदानको सस्मरण गर्नु  भएको   थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031