बिहिबार, बैशाख १३, २०८१

परिवर्तनकारी शक्तिहरुवीच बढ्दो असमझदारी प्रति समाजको चिन्ता

यो वा त्यो बाहनामा सर्वसाधारण जनतालाई आतंङकित तुुल्याउने  कार्य बन्द गर्न आग्रह

काठमाडौं फागुन १५,  जनतासमक्ष गरेको बाचा अनुरुप संविधानसभाबाट चाँडोभन्दा चाँडो संविधान दिने मुल दायित्व वाकेका परिवर्तनकारी शक्तिहरुवीच बढ्दो 1654217_800478786700669_560200292344778208_nअसमझदारी प्रति प्रजातान्त्रिक विचार समाजले गम्भीर चिन्ता प्रकट गरको छ ।  समाजका अध्यक्ष डा केदारनरसिंह के.सी. ले आज एक प्रेसविज्ञप्ति जारी गर्दै प्रमुख राजनीतिक दलहरुले जनतासमक्ष गरेको बाचा अन्र्तगत निर्धारित मितिमा संविधान जारी गर्ने वाचा पुरा गर्न नसकेकोमा लज्जित भई आत्मसमीक्षा गरेर अगाडि बढ्नुको साटो एकआपसमा विश्वासको सङकट सिर्जना गरि परिवर्तनका एजेण्डालाई समेत खतरामा पार्ने काम भएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा विश्वका कुनै पनि मुुलुुकमा सहमतिमा संविधान निर्माण भएको ईतिहाँस साक्षी छैन । त्यसैले संविधानसभाबाटै विधि र कानूून सम्वत उपाय अवलम्बन गर्दै सहमति गरिएका बुुदाहरुलाई प्रकृयाको माध्यमबाट अनुुमोदन गरी संविधान जारी गर्न संविधान सभामा प्रतिनिधित्व गर्ने सम्पूूर्ण राजनीतिक दलहरुलाई समाजको तर्फबाट जोडदार अपिल गर्दै सत्तासिन दलहरुले आन्दोलनरत दलहरुलाई वार्तामा ल्याउन समन्वयकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिईएको छ ।

साथै प्रजातन्त्रमा आफूूलाई चित्त नबुुझेका कुुराहरु शान्तिपूूर्ण ढंगबाट राख्न पाउने नैसर्गिक अधिकार सबैमा सुुरक्षित रहेको अवस्थामा यो वा त्यो बाहनामा सर्वसाधारण जनतालाई आतंङकित तुुल्याउने गरी लाठी, भाटा बोकेर विरोधका कार्यक्रमहरु कुुनै पनि राजनीतिक दलहरुले आयोजना गर्नुप्रजातान्त्रिक मूल्य र मान्यता विपरित भएको भन्दै सम्वद्ध राजनीतिक दलको ध्यानाकर्षण गराईएको छ ।