बिहिबार, बैशाख १३, २०८१

दलहरुवीच सवाद र सहमति होस भन्दै सभाध्यक्षद्वारा सहमतिका लागि १० दिनको समय दिने तयारी

काठमाडौ माघ २८, संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आज आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले सहमतिलाई प्राथमिकता दिँदै दलहरूको  भावनाअनुसार संविधानसभा बैठक १० दिनका लागि स्थगन गर्ने विचार अभिव्यक्त गर्नु भएको छ । राजनीतिक दलहरूलाई सहमति कायमका लागि सहज वातावरण सिर्जना गर्न सहज होस भन्दै स्थगन गर्ने तयारी गरेको उहाँले बताउँनु भएको छ ।

त्यस्तै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले कुरकानीको क्रममा विहीवारको बैठकमा प्रस्ताव निर्माण समितिले पेस गर्ने प्रश्नावलीसहितको प्रस्ताव टेबुल भई भोलि नै दलहरूको भावनाअनुसार अनुमोदन हुने जानकारी दिँदै प्रस्ताव निर्माण समितिको प्रश्नावलीसहितको प्रस्ताव संविधानसभाले अनुमोदनको प्रक्रियामा लैजाँदा सिधै कार्यान्वयनमा लैजान सकिने भएपनि दलहरूबीचको सहमतिबाट अनुमोदन गराउने तयारी अनुरुप यसवीचमा दलहरुवीच सवाद र सहमति होस भन्ने कामना गर्दै स्थगनको अवधारणा लाई कार्यान्वयन गर्न लागिएको बताउँनु भएको हो ।