बुधबार, बैशाख १२, २०८१

घुस लिँदै गर्दा लेखा अधिकृत बस्नेत पक्राउ

काठमाडौं फागुन १,अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले आज डिभिजन सडक कार्यालय भक्तपुरका लेखा अधिकृत तीर्थबहादुर बस्नेतलाई पक्राउ गरेको छ । अख्तियार स्रोतका अनुसार लेखा अधिकृत बस्नेतले ठेकेदारसँग रु २० हजार घुस लिँदालिँदै गरेको अवस्थामा पक्राउ गरेको जनाउँदै अपराह्न करिब १ः३० बजे सडक कार्यालयमै जिम्मा निर्माण सेवाका प्रतिनिधिसङग अवस्थीले सडक डिभिजन कार्यालय भक्तपुरमा अनियमितता हुँदैछ भन्ने जानकारीका आधारमा गएको टोलीले घुस दिने भनिएका जिम्मा निर्माण सेवाको फाइल अनुसन्धानका लागि नियन्त्रणमा लिएको बुझिएको छ ।