शनिबार, बैशाख ८, २०८१

गरिबी निवारण कोषका कार्यकारी निर्देशक श्रेष्ठ निलम्बित

काठमाडौ माघ १८ , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषका कार्यकारी निर्देशक राजबाबु श्रेष्ठलाई निलम्बन गर्नका लागि सिफारिस गरेको छ ।  निर्देशक श्रेष्ठले कोषलाई सरकारले प्रदान गरेको रकम तथा विदेशी दातृ निकायबाट प्राप्त भएको रकम समेत दुरूपयोग गरेको पाइएकाले श्रेष्ठलाई निलम्बन गरेको आयोगले जनाएको छ।

अनियमिततामा सङ्लग्न श्रेष्ठलाई पदमा नै रहिरहन दिँदा आफूविरुद्धको प्रमाण लोप गर्न सक्ने र अनुसन्धानलाई समेत प्रभावित पार्ने भएकाले आजैका मितिबाट लागू हुनेगरी निलम्बन गरिएको जनाउँदै आयोगले गरिबी निवारण कोषलाई पनि सोही व्यहोराको पत्र पठाई श्रेष्ठको तत्काल निलम्बन कार्यान्वयनको जानकारी दिन निर्देश गरेको छ ।