शुक्रबार, बैशाख १४, २०८१

खुट्टा धोएर पूजा गर्ने संस्कारलाई निरन्तरता दिने विषयमा सांस्कृतिक र धार्मिक क्षेत्रमा तीव्र बहस

सम्यक् महादान पर्वका अवसरमा: 

-विगतमा राजालाई झैं राष्ट्रपति डा.रामवरण यादवको खुट्टा धोएर पूजा गर्ने ‘संस्कार’ लाई निरन्तरता दिने विषयमा सांस्कृतिक र धार्मिक क्षेत्रमा तीव्र बहस
-सम्यक् महादान पर्व हुँदा पूर्णकलशले जलधारा बगाएर राजाको खुट्टा धुने परम्परालाई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको अवस्था पनि निरन्तरता दिन खोज्दा बहस सतहमा
-बुद्धवाणी साप्ताहिकका सम्पादक विश्वन्तर शाक्यले विगतमा राजालाई गर्दै आएको परम्परामा कुनै हरेफेर नहुने हो भने राष्ट्रपतिको सट्टा पूर्वराजालाई नै सम्यक् महादान पर्वमा बोलाउनुपर्नेमा जोड
-सामन्ती चलनकै अवशेष
-धर्मनिरपेक्ष मुलुकमा राष्ट्रपतिको खुट्टा धुने परम्परालाई निरन्तरता दिनु राष्ट्रपति पदको दुरूपयोग र जनताको अपमानराजा हुन् कि राष्ट्रपति -खुट्टा धोएर पूजा गर्ने परम्परा आजको सन्दर्भमा उचित नभएको तर्क

काठमाडौं, फागुन १५,  सम्यक् महादान पर्वका क्रममा विगतमा राजालाई झैं राष्ट्रपति डा। रामवरण यादवको खुट्टा धोएर पूजा गर्ने ‘संस्कार’ लाई निरन्तरता दिने विषयमा सांस्कृतिक र धार्मिक क्षेत्रमा तीव्र बहस भएको खवर आजका समाचरपत्र दैनिकले छापको छ । आउँदो फागुन १८ गते ललितपुरको लगनखेलस्थित राजदल गण

 नजिकको खुला मैदानमा राष्ट्रपति डा। यादवको उपस्थितिमा स्वैच्छिकरूपमा सम्यक् महादान पर्व हुन लागेको हो। स्थानीय पिम्बहाल निवासी दाता धर्मबहादुर शाक्यले आफ्नै खर्चमा यसपटक बृहत् एवम् ऐतिहासिक सम्यक् महादान पर्व आयोजना गर्ने तयारी गर्नुभएको छ।

विगतमा सम्यक् महादान पर्व हुँदा पूर्णकलशले जलधारा बगाएर राजाको खुट्टा धुने परम्परालाई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको अवस्था पनि निरन्तरता दिन खोज्दा सो बहस सतहमा आएको हो।  काठमाडौं उपत्यकाका बुद्ध धर्मावलम्बीहरू⁄साँस्कृतिक प्रेमीहरू माझ मात्र नभई सर्वसाधारणहरूले समेत यसबारे सामाजिक सञ्जाल फेसबुकमा टीकाटिप्पणी गरेका छन्।  प्रतिक्रिया दिने क्रममा कतिपयले यसलाई परम्पराका रूपमा निरन्तरता दिनुपर्ने बताएका छन् भने बहुसंख्यकले राष्ट्रपतिको खुट्टा धुने चलनलाई त्याग्नुपर्ने बताएका छन्। प्रथमकुमार वज्राचार्यले राजा हुन् कि राष्ट्रपति खुट्टा धोएर पूजा गर्ने परम्परा आजको सन्दर्भमा उचित नभएको तर्क गर्नुभएको छ। जितबहादुर वज्रार्चायले राजा वा राष्ट्रपति खुट्टा धोएर जल छर्ने काम गर्न नहुने धारणा राख्नुभएको छ।

फेसबुकमा आफ्नो भनाइ लेख्ने क्रममा बालकृष्ण खरेल लेख्नुहुन्छ– ‘धर्मनिरपेक्ष मुलुकमा राष्ट्रपतिको खुट्टा धुने परम्परालाई निरन्तरता दिनु राष्ट्रपति पदको दुरूपयोग र जनताको अपमान हो।’  राष्ट्र प्रमुखका रूपमा सम्यक् महादान पर्वमा आमन्त्रण गर्नु स्वाभाविक भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रमा खुट्टा धुने लोकतान्त्रिक संस्कृति र पद्धति पटक्कै सुहाउने विषय नभएको विभिन्न बौद्ध संघ–संस्थाका पदाधिकारीहरू बताउँछन्। बौद्ध अध्येता शाक्य सुरेनले यसलाई सामन्ती चलनकै अवशेषका रूपमा रहेको दाबी गर्नुभयो।
थेरवाद बुद्धिस्ट एकेडमी बुद्ध धर्मको विषयमा स्नात्तकोत्तरमा अध्ययनरत राजेन मानन्धरले भने ‘यो हदसम्मको व्यक्ति पूजा सुहाउने कुरो होइन।’ दिपंकर तथागत सम्यक् महादान पर्वका सल्लाहकारसमेत रहनुभएका अधिवक्ता राजेन्द्रमान वज्राचार्यले सम्यक् महादान पर्व व्यक्तिको सम्मानभन्दा उदार हृदयले दान दिने पर्वका रूपमा रहेको बताउनुभयो।
ललितपुरको चल्खुबाट प्रकाशित हुने बुद्धवाणी साप्ताहिकका सम्पादक विश्वन्तर शाक्यले विगतमा राजालाई गर्दै आएको परम्परामा कुनै हरेफेर नहुने हो भने राष्ट्रपतिको सट्टा पूर्वराजालाई नै सम्यक् महादान पर्वमा बोलाउनुपर्नेमा जोड दिनुभयो। काठमाडौंको स्वयम्भूस्थित भुइखेलमा १२ वर्षको एकचोटि हुने सम्यक् महादान पर्वमा राजालाई बोधिसत्वको अवतारका रूपमा वज्रचार्य गुरुजुहरूले पञ्चदान दिनुअघि मन्त्रोच्चारण गरेर जलाधार वर्षा गरेर खुट्टा धुने र पूजाआजा गर्ने चलन थियो।
ललितपुरमा हरेक ५ वर्ष एकचोटि हुने सम्यक् महादान पर्वमा राजा आउने चलन थिएन।  तर यसपटक स्वेच्छिकरूपमा हुन लागेकाले राष्ट्रपति डा। रामवरण यादवलाई ४ महिनाअघि परम्पराअनुसार परम्परागत बाजागाजाका साथ सुपारी फलफूल चढाएर सम्यक् महादान पर्वका लागि आमन्त्रण गरिएको दाता धर्मबहादुर शाक्यले जानकारी दिनुभयो।
‘स्वेच्छाले श्रद्धापूर्वक दान दिने संस्कार लोप हुँदै गएका बेला यो पर्व आयोजना गर्न लागिएको खुट्टा धुने वा सामान्य स्वागत मात्र गर्ने विषयमा विषयमा छलफल भइरहेको छ।’ –दाता शाक्यले भन्नुभयो।  सम्यक् महादान पर्वमा विशेषतः बुद्ध धर्म र बौद्ध संस्कृतिमा श्रद्धा गरिने काठमाडौं उपत्यकाका करिब ३ सय बोधिसत्व, दिपंकर बुद्ध, आर्यवलोकितेश्वर राखेर दान दिने गरिन्छ। यस पर्व लिच्छिविकालीन बौद्ध संस्कृति रहेको संस्कृतिविद्हरू बताउँछन्।  दाता शाक्यका अनुसार सम्यक् महादानका लागि फागुन १७ गते काठमाडौं भक्तपुरका विभिन्न स्थानबाट ल्याइने दिपंकर बुद्ध, बोधिसत्वहरू ललितपुरको पाटनढोका र ललितपुरका सम्पूर्ण देवताहरू मंगलबजारमा राखेर क्रमशः लगनखेल लगिनेछ। फोटो :Sunil Sharma