मङ्लबार, बैशाख ४, २०८१

काँग्रेस नेत्री कोइराला भने- एमाओवादी लोकतान्त्रिक प्रक्रियाबाट भाग्न मिल्दैन

काठमाडौ माघ २६, नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले सहमतिका लागि प्रधानमन्त्रीले थाल्नुभएको सहमतिको प्रयास आफैमा महत्वपूर्ण रहेको भन्दै  शान्ति प्रक्रियाको एक हिस्सा एमाओवादी भएकाले संविधान लेखनमा एमाओवादी गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

आज पत्रकारहरुङग कुरा गर्दै नेत्री कोइरालाले एमाओवादी संविधान निर्माण प्रक्रियामा सहभागी भएर मुलुकलाई शान्ति र संविधानका साथ लोकतान्त्रिक प्रक्रियाबाट निकास दिनुपर्नेमा विशेष जोड दिनु भएको थियो । साथै नेत्री कोइरालाले विस्तृत शान्ति सम्झौतामा सात दलको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेको स्मरण गराउँदै तत्कालीन विद्रोही शक्तिको नेतृत्व माओवादी अध्यक्ष दाहालले गरेकाले एमाओवादी लोकतान्त्रिक प्रक्रियाबाट भाग्न नमिल्ने बताउनुभएको थियो ।