शनिबार, बैशाख ८, २०८१

काँग्रेसले सहमतिकै आधारमा संविधान निर्माणको प्रयास गर्ने : उपप्रम सिंह

भक्तपुर फागुन १४,  जिल्ला विकास समिति भक्तपुरको २७ आँै जिल्ला परिषद् बैठकको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले  dpmकाँग्रेसले सहमतिका आधारमा संविधान जारी गर्ने संस्थागत निर्णय गरिसकेको बताउँदै आन्दोलनरत एमाओवादी सहितका विपक्षी दलसँग वार्ता गरी सहमतिकै आधारमा संविधान निर्माणको प्रयास गर्ने बताउनुभएको छ।  त्यस्तै उपप्रम सिंहले सम्बोधनकै क्रममा स्थानीय निकायको निर्वाचन गराउनेतर्फ पनि सरकारको ध्यान केन्द्रित रहेको र यसको लागि सरकार आन्तरिक तयारीमा लागेको बताउँनु भएको छ ।

त्यस्तै गरि उद्योगमन्त्री महेश बस्नेतले भक्तपुर कृषि र उद्योगका लागि उर्वर क्षेत्र रहेको बताउँदै कृषि र औद्योगिक क्षेत्रको विकासमा भक्तपुरका नागरिक अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको उक्त कार्यक्रममा स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले आ.व. ०७२/०७३ का लागि रु तीन अर्ब ५२ करोड ७२ लाखको जिल्लाको विकास योजना तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।  कार्यक्रममा सभासद्हरू रामेश्वरप्रसाद ढुङ्गेल, मनमोहन भट्टराई, प्रेम सुवाल, केदार सञ्जेल, अनुराधा थापामगरलगायतले बोल्नु भएको थियो ।