बुधबार, बैशाख १२, २०८१

काँग्रेसको १३ औँ महाधिवेशन भदौमा

काठमाडौ फागुन ६,  नेपाली काँग्रेसको १३ औँ केन्दीय महाधिवेशन आगामी भदौँ २४ देखि २८ गतेसम्म हुनेभएको छ । प्रधानमन्त्री निवासमा बालुवाटारमा आज बसेको download (3)पार्टी केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।  यस अघि  मङगलवार पार्टीको १३ औँ महाधिवेशन आगामी भदौँ १ देखि ५ गतेसम्म गर्ने पार्टी पदाधिकारीहरुको बैठकलले प्रस्ताव गरेपनि उक्त मिति परिवर्तन गरी आज बसेको केन्द्रीय समितिको बैठकले नयाँ मिति तय गरेको जानकारी प्रवक्ता दिलेन्द्र बडूले जानकारी दिनुभएको छ।

त्यस्तै आसन्न् १३ औ महाधिवेशन प्रयोजनार्थ श्रावण २६ गते जिल्ला अधिवेशन, २२ गते क्षेत्रीय अधिवेशन र १४ गते गाउँ र नगर अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता बडूले जानकारी दिनुभयो ।  साथै बैठकले केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताका विवादको निरुपण गर्न छानविन समिति गठन गरेको छ । समितिमा नेता रमेश लेखक र रामकृष्ण यादव सदस्य रहनुभएको छ । काँग्रेस कार्यसमितिको अर्को बैठक फागुन १० गते दिउँसो १ बजे बस्नेछ ।