बिहिबार, बैशाख १३, २०८१

एमाओवादीसहितका विपक्षी मोर्चालाई रिझाउँन सत्तापक्षीय दलहरुको बैठक बस्दै

काठमाडौं माघ २३, संविधानसभाले संविधान निमार्णको प्रक्रिया सुरु गरेपछि असन्तुष्ट बनेको एमाओवादीसहितका विपक्षी मोर्चालाई वार्तामा ल्याउन सत्तारुढदलले  nc+umlअवलम्वन गर्न सक्ने उपाएको खोजी गर्न आज विशेष बैठक बोलाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा राष्ट्रपतिसङग भएको सम्वाद, विपक्षी मोर्चाले राखिरहेका मागका विषयमा छलफल गरि साझा धारणा तय गर्ने तयारी भएको बुझिएको छ। त्यस्तै बैठकले एमाओवादीहितका विपक्षी मोर्चालाई सहमतिमा ल्याउन प्रक्रिया स्थगन गर्ने वा वार्ता र प्रक्रिया सँगै लैजाने भन्नेमा पनि अभिमत तय गर्दै अगाडि बढ्ने तयारी भएको सम्वद्धस्रोतले जनाएको छ।

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो गर्नुभएको वार्ताका विषयमा पनि जानकारी गराउने कार्यसुचीरहेको  बुझिएको छ ।