शुक्रबार, चैत्र १६, २०८०

एमाओवादीद्दारा केन्द्रीय आन्दोलन परिचालन समिति गठन

सहमतिबाटै संविधान बनाउन तयार छौ भनी संयुक्त विज्ञप्ति जारी गरे  वार्तामा बस्न आफूहरु तयार:प्रचण्ड

काठमाडौं माघ १८,  एमाओवादीको आज सम्पन्न केन्द्रीय समिति बैठकले सहमतिबाट संविधान निर्माणका लागि भन्दै दवाव दिन यस अघि घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय सहित केन्द्रीय आन्दोलन परिचालन समिति गठन गरेको छ । केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालयमा UCPN_Maoist_Head_Office_Paris_Dandaआज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा देखिएकोले अब जनताकोमा जान लागेको बताउँदै सत्तारुढ दलले परिवर्तनकारी शक्तिलाई पाखा लगाएर बहुमतका आधारमा संविधान बनाउन खोजेकाले आन्दोलनको विकल्प नभएको र यसको लागि अब हामी काठमाडौंबाट हिड्यौं शान्तिपूर्ण आन्दोलनको अधिकतम सिमासम्म हामी जान्छौं भन्ने अभिव्यक्ति दिएका थिए । साथै पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले शान्ति सम्झौता र १२ बुँदे सहमतिका सहयात्रीबीचको सहमतिबाटै संविधान बनाउन तयार छौ भनी संयुक्त विज्ञप्ति जारी गरे  वार्तामा बस्न आफूहरु तयार रहेको पनि बताएका थिए ।

त्यस्तै प्रधानमन्त्री सुशील कोइरालासङग भएको पछिल्लो छलफलबारे जानकारी दिँदै अध्यक्ष प्रचण्डले ले हामी अझै पनि सहमतिबाटै अगाडि बढ्न तयार छौं, तर बहुमतको आडमा अगाडि बढाइएको प्रक्रिया रोकिनुपर्छ भनेर आग्रह गरेँ, तर उहाँले त्यसमा आफू जान नसक्ने बताउनुभएको जानकरी दिनभएको थियो ।

त्यस्तै बैठकले घोषित आन्दोलन परिचालनका लागि पूर्व, मध्य र पश्चिम गरी तीन वटा कमाण्ड खडा गरी त्यसको नेतृत्व समेत तय गरेको छ । जसअनुसार मध्य कमाण्डको नेतृत्व अध्यक्ष पुष्पकमल दाहालले, पश्चिममा बाबुराम भट्टराई र पूर्वी कमाण्डको नेतृत्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गर्ने निर्णय गरेको छ ।त्यस्तै पार्टी मुख्यालयमा समन्वय गर्न महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन र टोपबहादुर रायमाझी सहभागि समिति गठन गरेको छ भने आन्दोलनको प्रचारप्रसारका स्थायी समिति सदस्य लिलामणी पोखरेल, अग्नी सापकोटा र प्रवक्ता दिनानाथ शर्मा सहभागि प्रचारप्रसार समिति गठन गरेको छ ।