शुक्रबार, बैशाख ७, २०८१

आन्दोलन हाम्रो रहर होइन बाध्यता : अध्यक्ष प्रचण्ड

काठमाडौ फागुन ११,  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि दुईपटक गर्नुभएको आह्वानमा सत्तारुढदलले सुरु pushpa_kamal_dahal_20120709082554गरेको संविधान निर्माणको लागि जारी बहुमतीय प्रक्रिया रोक्ने कुनै प्रतिबद्धता नआएका कारण वार्ताको वातावरण बन्न नसकेको बताउँनु भएको छ ।

ललितपुरको खन्ना गार्मेन्टमा आज आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो अभिव्यक्ति दिनुभएको हो ।  त्यस्तै सम्बोधनकै क्रममा उहाँले संविधान लेखन प्रक्रियाका लागि सुरुगरिएको बहुमतीय प्रक्रिया तत्काल रोकेर सहमतिको आधारमा अगाडि बढाउने विश्वासिलो प्रतिबद्धता आए आफूहरु पनि तत्काल वार्ताको लागि अग्रसर रहेको बताउँदै आन्दोलन हाम्रो रहर होईन बाध्यता भएकोे प्रसङग अभिव्यक्त गनुृभएको छ ।

त्यस्तै उहाँले  प्रमुख दलहरूबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र मधेसी, आदिवासी, जनजाति आन्दोलनसँग भएका सहमति नै संविधान निर्माणको आधार भएकाले मतादेशलाई मान्ने कि जनादेशलाई मान्ने विषयमा दुबिधा नराख्न पनि सरकारलाई आग्रह गर्नुभएके थियो । कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासङ्घका अध्यक्ष शालिकराम जमरकट्टेल लगायतले बोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031