शुक्रबार, बैशाख ७, २०८१

अवैधरुपमा भारतीय रुपैयाँको सटही गर्ने पायल ज्वेलर्सका संचालक दत्त सहित ३ पक्राउ

काठमाडौ फागुन १४, जनकपुर उपमहानगरपालिका–५ स्थित पायल ज्वेलर्समा अवैधरुपमा भारतीय रुपैयाँको सटही गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले बुधबार पक्राउ nt527गरेको छ ।

यसरी पक्राउ पर्नेहरुमा धनुषा झोझिकटैया–१ बस्ने १९ वर्षीय नुरुद्दीन अंसारी, भारत जिल्ला मधुवनी थाना बासोपटि गाउँ बिरपुर घर भई हाल धनुषा धनौजी–१ डेरा गरी बस्ने २९ वर्षीय अलाउदीन राईन र भारत जिल्ला बाकुरा थाना बिष्णुपुर गाउ बिष्णुपुर घर भई हाल जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका–५ मा डेरा गरी बस्ने पायल ज्वेलर्सका संचालक ३३ वर्षीय राजु भन्ने गोबिन्द दत्त रहेको प्रहरीले जनाएको छ ।

प्रहरकिा अनुसार भारतीय रुपैयाँ १५ लाख दिई पायल ज्वलेर्सबाट २४ लाख ५० हजार नेपाली रुपैयाँ साटेको खुल्न आएको छ । भारतीय रुपैयामध्ये १३ लाख गोबिन्दको साथबाट प्रहरीले बरामद गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031