बिहिबार, बैशाख १३, २०८१

अग्नि खरेलको संयोजकत्वमा प्रश्नावली तयार गर्न ९ सदस्यीय उपसमिति गठन

काठमाडौ माघ १९, संविधानसभा प्रस्ताव निर्माण समितिको आजको बैठकले समितिका सदस्य अग्नि खरेलको संयोजकत्वमा अर्का नौ सदस्यीय प्रश्नावली निर्माण sambidhanउपसमिति गठन गरको छ ।  गठित उपसमितिका सदस्यमा उषा गुरुङ, रमेश लेखक, राधेश्याम अधिकारी, सिपी मैनाली, कृष्णभक्त पोखरेल, श्रीमाया थकाली, अतहर कमाल मुसलमान र कुमार खड्का रहनुभएको छ ।

त्यस्तै प्रस्ताव निर्माण समितिले आफ्नो कार्य सम्पादन गर्ने क्रममा विगतमा भएका ऐतिहासिक सङ्घर्ष र जनआन्दोलनका भावना र सोबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्न सबै राजनीतिक दलहरूको सहमतिमा संविधानसभाको पहिलो बैठकबाट पारित भएका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशीताको प्रतिकूल नहुने गरी असहमतिका विषयमा सैद्धान्तिक प्रश्नावलीसहितको प्रस्ताव तयार गर्ने गरी कार्यविधि तयार गरेको छ ।

साथै प्रस्तावित नयाँ संविधानका अन्तरवस्तुमा दलहरूबीच असहमति भएका विषयमा प्रश्नावली तयार गरेर उपसमितिले यसअघि संवैधानिक सहमति समिति, निक्र्याेल समिति र संविधानसभाको बैठकमा सभासद्हरूले उठाउनुभएको सवालको पेरिफेरीमा रहेर मङगलवार अपरान्ह सम्ममा प्रश्नावली तयार गरी समितिमा प्रतिवेदन पेस गर्ने कार्यादेश दिईएको बुझिएको छ ।