काठमाडौ फागुन १०, नेपाल प्रहरीले रिक्त रहेको प्रहरी निरीक्षक इन्सपेक्टर पदमा बढुवाका लागि ८३ जना प्रहरी नायव निरीक्षकको सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको आईतबारको बैठकले उक्त सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा पाउनेमा दामोदर भट्ट, योगराज न्यौपाने, शान्ताराम कार्की, बुद्धिमणि नेपाल, हिराबहादुर केसी, महेश्वर उपाध्याय, लगायत ८३ जना प्रहरी नायव निरीक्षकहरुरहेको छन ।