शुक्रबार, चैत्र १७, २०७९

५ अर्ब रुपैयाँबारे तत्काल अनुसन्धान गर्न सरकारलाई अर्थ समितिको निर्देशन

काठमाडौं फागुन ४, व्यवस्थापिका संसद्को अर्थ समितिले स्विट्जरल्यान्डको एचएसबीसीमा बैंकमा मात्र रहेको ५ अर्ब रुपैयाँबारे तत्काल अनुसन्धान गर्नुको अलावा त्यहाँका अन्य बैंकमापनि नेपालीका नाममा कालोधन हुन सक्ने भन्दै बैठकमा सभासदहरूले आवाज उठाएपछि समितिले सरकारलाई छानवीनको निर्देशन सहित सम्बद्ध व्यक्तिलाई कानुनी कारबाही गर्नसमेत निर्देश दिएको छ ।

 समितिका सभापति प्रकाश ज्वालाले निर्णयमा कालोधन भए फिर्ता ल्याउने पहल गर्न र नभए तथ्यांक राखेर कानुनी दायराभित्र ल्याउनु सरकालाई र्दिेशन दिएको जानकारी दिएका  छन ।  त्यस्तै सभासद जगदीश्वरनरसिंह केसीले ५ अर्ब रुपैयाँ प्रसङ मात्र भएके बताउँदै यस्तो रकम त्याँका अन्य बैकमापनि हुन सक्ने भएकाले अनुसन्धानको घेरा बढाउनुपर्नेमा जोठ दिनु भएको थियो ।

त्यस्तै बैठकमा आमन्त्रित गभर्नर युवराज खतिवडाले सभासदहरुको जिज्ञसाको जवफदिदै विदेशी मुद्रा र विदेशमा रहेको खाता आकषिर्त हुनेगरी विभिन्न कानुन नेपालमा बनेको तर उक्त कानुनको प्रयोग गर्दै सरकार आफैंले प्रयास नगरेसम्म अन्य मुलुकले सूचना उपलब्ध नगराउने जानकरी दिनु भएको थियो ।
स्विस बैंकमा रहेको नेपालीको नाम सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय खोज पत्रकारको संस्था दी इन्टरनेसनल कन्सोरटियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट ९आईसीआईजे० कै अर्को विवरणले अफसोर कम्पनीमा लगानी रहेको १३ नेपालीको नाम सार्वजनिक गरेको थियो।

बैठकमा अर्थसचिव सुमनप्रसाद शर्मा, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक केवलप्रसाद भण्डारी ले स्विट्जरल्यान्डस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा कार्यरत नेपाली तथा त्यहाँको दूतावासबाट थप बुझ्ने क्रम जारी रहेको जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031