शुक्रबार, चैत्र १७, २०७९

सहमति, सहकार्य, र मेलमिलापबाटै लोकतान्त्रिक संविधान : प्रम कोइराला

काठमाडौ फागुन ७,  ६५औं  प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री सुशील कोइरालाले तानाशाही र एकतन्त्री शासनबाट downloadदेशलाई मुक्त गरी मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका सहादत प्राप्त गर्नुभएका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्वान्जली अर्पण गर्नुभएको छ ।  साथै उहाँले सन्देशमा लोकतन्त्रको स्थापना र जनताको हक अधिकारका लागि हामीले अहिलेसम्म गरेका संघर्षबाट प्राप्त संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरेर संस्थागत गर्ने ऐतिहासिक जिम्मेवारीलाई परिणाममा पु-याउन म संविधानसभामा रहनुभएका र संविधानसभा भन्दा बाहिरका राजनीतिक दलसँग अपिल पनि गर्नुभएको छ ।

साथै उहाँले घाइते भएका ज्यूदा सहिदको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सहिद परिवार र लोकतन्त्रको प्राप्तीको लडाईमा संलग्न प्रजातन्त्रका सेनानीहरूप्रति उच्च सम्मान प्रकट गर्दै संविधान निर्माण सहित मुलुकका सामु रहेका सबै समस्याहरूको निराकरण आपसी वार्ता, सहमति, सहकार्य, एकता र मेलमिलापका माध्यमबाटै गर्न सकिने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरी सहिदका सपना र जनताका आकांक्षा पुरा गर्न प्रजातन्त्र दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031