शनिबार, चैत्र १८, २०७९

संविधान निर्माण प्रक्रियालाई छाडेर आन्दोलनमा नजान राष्ट्रपति डा यादवद्दारा एमाओवादी अध्यक्ष प्रचण्डलाई  आग्रह

काठमाडौ माघ २३, राष्ट्रपति डा रामवरण यादवले वार्ता र सहमतिका आधारमा नै संविधान लेखन प्रक्रियालाई पूर्णता दिन एमाओवादी अध्यक्ष प्रचण्ड सङग भएको आजको yadav+ dhaallभेटवार्तामा जनआन्दोलनकारी शक्तिबीच एकता, सहकार्य र विश्वासको वातावरण बनाउनेतर्फ पहल गर्न ध्यानाकर्षण सहित आग्रह गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको उक्त भेटवार्तामा राष्ट्रपति डा यादवले एमाओवादी अध्यक्ष दाहाललाई शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले संविधान निर्माण प्रक्रियालाई छाडेर आन्दोलनमा नजान भन्दै यस्तो आग्रह गर्नुभएको हो ।

त्यस्तै राष्ट्रपति यादवले यस्तो आग्रह गर्नुभएपछि एमाओवादी अध्यक्ष प्रचण्डले प्रस्तुत आग्रहलाई आफूले आत्मसात् गरेको बताउँदै सत्तारुढदलको हठका कारण आफुले बाध्य भएर आन्दोलनको मार्ग राज्नु परेको जानकारी दिदै सत्तारुढ दलले वार्ताका लागि पहल गर्दै बहुमतीय प्रक्रियालाई रोक्छाँै भन्ने विश्वास दिलाए आफूहरू वार्ताका लागि अझै तयार रहेको अभिव्यक्ति दिनु भएको शीतल निवास स्रोतले जानकारी दिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031