शुक्रबार, चैत्र १७, २०७९

संविधानसभाको बैठक आज बस्दै, प्रस्ताव समितिको म्याद पाँच दिन थपिने, सुरक्षा व्यवस्था कडा

काठमाडौं माघ २२,  माघ ११ गते प्रक्रिया सुरु भएसँगै अनिश्चित बनेको संविधानसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको हो । संविधानका अन्तर्वस्तुमा भएका असहमतिलाई प्रश्नावली बनाउने जिम्मा पाएको प्रस्ताव निर्माण समितिको म्याद आजको बैठकले गर्ने बुझिएको छ।  आफूलाई उपलब्ध गराएको समय कम भएको भन्दै  पाँच दिन थप गर्न प्रस्ताव गरेपछि आज संविधानसभाबाट अनुमोदन हुने संसद सचिवालयले जनाएको छ।

प्रश्नावली समितिले अहिलेसम्म संविधानको प्रस्तावना, मौलिक हक र संविधान संसोधनको विषयमा नमुना प्रश्नावली तयार गरेको छ । तर मुख्य विवादित मानिएको राज्यकोपनुरसंरचना, शासकीय स्वरुप, न्यायप्रणाली र निर्वाचन प्रणालीमा छलफल हुन पाएको छैन । त्यसैले थप पाँच दिनको समय माग गर्ने भएको हो ।

यसैवीच संविधानसभाको आज बस्दै गरेको बैठकको सरक्षाको लागि भन्दै नेपाल प्रहरीले बिशेष सुरक्षा तयारी गरेको छ । सत्तारुढदलले बहुमतिय प्रक्रिया सरुगरेको आक्रोशित एमाओवादी नेतृत्वको प्रतिपक्षि दलले यसअघि गरेको आक्रमण र तोडफोडलाई ध्यान दिदै सुरक्षा व्यवस्थालाई कडा बनाईएको संसद सचिवलयले जनाएको छ ।

गत माघ ५ गते संविधानसभामा बहुमतीय प्रक्रिया अघि बढाउँदा असन्तुष्ट बनेका सभासदले तोडफोड गर्नुका साथै सभामुख सुबासचन्द्र नेम्बाङलाई समेत कमईब प्हार भएके अवस्थालाई दृष्टिगत गर्दै मर्यादा पालकको संख्या पनि वृद्धि गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031