शनिबार, जेष्ठ २७, २०८०

संविधानसभाको बैठकमा प्रश्नावली समितिको प्रतिवेदन प्रस्तुत गरिने

प्रश्नावली समितिको प्रतिवेदन प्रस्तुत भएलगत्तै अध्ययनकालागि १० दिनलाई संविधानसभाको बैठक स्थगित गर्ने तयारी

काठमाडौं माघ २९, संविधान निमार्णको क्रममा सिर्जना भएका विवादित सवालमा सहमतिको नाममा लामो समयदेखि मलुक बन्धक बन्दै संविधान निमार्ण समेत हन नसकेको अवस्थामा विद्यमान विवादित विषयलाई निरुपण गर्न भन्दै माघ ११ गतेको संविधानसभाले प्रस्ताव गरेको प्रश्नावली प्रस्ताव समितिले प्रश्नावली तयार गरेको  biccछ । संविधानसभाको आज १ बजे बस्ने बैठकमा प्रश्नावली समितिले बनाएको प्रश्नावलीसहितको प्रतिवेदन प्रस्तुत गरिने भएको छ ।
आजको बैठकमा विशेषगरि प्रश्नावली पेश भएपछि सभासदहरुलाई बाँडेर अध्ययनका लागि १० दिनलाई संविधानसभाको बैठक स्थगित गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ ।   साथै    बैठकमा  प्रस्तुत उक्त प्रश्नावली उपर पनि  १० दिन पछि मात्र मतदान गराईने  भएको छ।

यसैवीच संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बुधवार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले सहमतिलाई प्राथमिकता दिँदै दलहरूको भावनाअनुसार संविधानसभा बैठक १० दिनका लागि स्थगन गर्ने विचार अभिव्यक्त गर्नु भएको थियो । १० दिनसम्मको बैठक स्थगनको प्रमुख लक्ष्यभनेको राजनीतिक दलहरूलाई सहमति कायमका लागि सहज वातावरण सिर्जना गर्न सहज होस भन्नेनै रहेको उहाँले बुधवारनै सञ्चारकर्मीहरुसङगको कुराकानीको क्रममा बताउँनु भएको थियो।

प्रक्रियागतरुपमा विवादित विषयको टुंगो लगाउन प्रश्नावली बनाइए पनि प्रक्रियाप्रति नै असन्तुष्टी जनाउँदै एमाओवादीसहितका दलहरु भने विरोध गर्दै आन्दोलनमा रहेक छन ।यद्यपी यसवीचमा मलुकका प्रधानमन्त्री सुशील कोईरालाले एमाओवादी लगायतका विपक्षी दलहरुलाई लिखितरुपमानै वार्ताको लागी आव्हान गरिसकेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031