मङ्लबार, चैत्र ७, २०७९

शिवको सौम्य एवम् शक्ति सन्तुलनको भावभङगी सहितको आकर्षक मुर्ति बसन्तपुरमा

काठमाडौं फागुन ५,  शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्।  हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन्।

11015743_10202347015555448_1670608978_n भगवान शिवकाे सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ। सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन्। त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन्। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र  काल महाकाल नै ज्योतिष शास्त्रका आधार हुन्। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन्।

हो आज उनै भगवान शिवको उत्पत्ति भएको अर्थात महाशिवरात्रि पर्वको अवसरमा कलाकार विजय मर्हजनले विगत पाँच वर्षको आफ्नो शिल्पीलाई सार्वजनिक गरको छ ।  विषयगत विद्या  अन्र्तगत मुर्ति विषयमा मास्टर डिग्री गर्दै गरेका कलाकार मर्हजनले राजधानीका बसन्तपुर स्थित महादेव पार्वती दवलीमा मार्वल कास्टिङको प्रयोगबाट भगवान शिवको अत्यन्त स्थिर शक्ति सन्तुलनको भाव भङगीमा रहेको आकर्षक मुर्ति तयार पारी हिन्दू धर्मका विभिन्न सम्प्रदायहरूलाई दर्शनको लागि आज सार्वजनिक गरेको हो ।   यदि कोहि ईच्छुक व्यक्तिले खरिद गर्नचाहेमा करिव ५० लाख रुपैया मूल्यनिर्धारण गरेको कलाकार मर्हजनले हामीसङगको भेटमा बताएका छन ।