बिहिबार, चैत्र ९, २०७९

विवादित विषय अन्र्तगत राज्यपुनरसंरचना सङग सम्बन्धित ७२ वटा प्रश्नावली समितिको पूर्ण बैठकमा

काठमाडौं माघ २५, संविधान सभाको प्रश्नावली निर्माण प्रस्ताव समितिले सविधानका विवादित मानिएका आधारभुत सवै बिषयमा प्रश्नावली तयार परेको छ । प्रश्नावली  biccबनाउने जिम्मा पाएको उपसमितिले आज राज्यपुनरसंरचना सङग सम्बन्धित ७२ वटा प्रश्न बनाएर प्रश्नावली प्रस्ताव समितिको पूर्ण बैठकमा बुझाएपछि प्रश्नावली बनाउने कामले पूर्णता पाएको हो ।

यसअघि शनिवार बसेको समितिको बैठकले चार किसिमको शासकीयस्वरुपका विषयमा प्रश्नावली तयार गरेको थियो । जसअनुसार संसदीय व्यवस्था, जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मिश्रित शासकीय स्वरुपका विषयमा प्रश्न तयार गरेको हो । त्यस्तै उपसमितिले शासकीय स्वरुप, निर्वाचन प्रणाली, संविधानको प्रस्तावना, संविधान संसोधन, मौलिक हक लगायतको बिषयमा यसअघि नै प्रश्नावली बुझाईसकेको छ ।  त्यस्तै समितिको विरोध गरिरहेका एमाओवादी, मधेशी लगायत दलले अघिल्लो संविधानसभाका राखेका धारणालाई पनि समितिले प्रश्नावलीमा समेटेको छ ।

त्यस्तै समितिले हालसम्म विगतको संविधानसभामा रहेका ६ वटा समितिको प्रतिवेदनमा विवादित रहेका १७० वटा प्रश्न बनाइसकेको जनाउँदै  आज दिउँसो ३ बजे बस्ने समितिको पूर्ण बैठकमा अग्नीप्रसाद खरेल नेतृत्वको उपसमितिले ७ वटा बिषयको प्रश्नावली बुझाएको भएका छन । यसवीचमा राज्यपुनरसंरचना बाहेकका सवै बिषयका प्रश्नावली पूर्ण समितिले पारित समेत गरिसकेको छ । तर आज बुझाईएको राज्यपुनरसंरचना बारेको प्रश्नावली भोली बस्ने पूर्ण समितिमा छलफल भएपछि पारित गरिने बुझिएको छ।