काठमाडौं माघ २४, उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले प्रजातन्त्रका पिता एवम् लौह पुरुष वीर गणेशमानसिहंको जन्मशताव्दी एवम्
जैशीदवलयूथक्लवको २१औ वार्षिक्उत्सवको अवसरमा आयोजित उपत्यका व्यापी वृहत नृत्य प्रतियोगिता २०७१ को उद्घाटन गर्दै वार्ता र सम्वादको नाममा संविधान निर्माणको प्रक्रियालाई रोक्न नसकिने बताएका छन् । े त्यस्तै कला संस्कृतिको विकास एवम् सामाजिक कार्यमा जैशीदवल यूथक्लवले गर्दै आएको योगदान आफैमा महत्वपूर्ण रहेको भन्दै क्लवले लौह पुरुष वीर गणेशमानसिहंको जन्मशताव्दीको अवसरमा आयोजित उपत्यकास्तरीय नृत्यका सहभागीहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्नसमेत सुझाव दिनुभएको थियो ।
उपत्यका विभिन्न विद्यालयका विद्यार्थीहरुवीच प्रतिस्पर्धा गराईएको उक्त प्रतियोगिताको निर्णायकहरुमा वरिष्ठ नृत्य निर्देशक राजु शाह प्रमुख ,नृत्य निर्देशक महेश गोदार र नवनायिका तथा नृत्याङगना अशिष्मा नकर्मीले गरेका थिए भने कुमुदिनी कुञ्ज् स्कूल , ग्रीनपिस स्कूल र लक्ष्मी शिक्षा सदन स्कूल क्रमस प्रथम, दोस्रो र तेस्रो भएका थिए । त्यस्तै गरि होली भिजन स्कूलका प्रतिमा सापकोटाले उत्कृष्ट नृत्याङगनाको पुरस्कार जितेका थिए ।