सोमवार, चैत्र ६, २०७९

राप्रपा नेपालको नाराबाजी सङसङगै प्रस्ताव समितिको म्याद पाँच दिन थप गर्ने प्रस्ताव बहुमतले पारित

काठमाडौं माघ २२, संविधानसभाले नयाँ संविधानका विवादित विषयको प्रश्न बनाउन गठन गरेको प्रश्नावली प्रस्ताव निर्माण समितिको म्याद थप गरेको छ । आज बसेको  संविधानसभाको बैठकले समितिको म्याद थप गर्ने प्रस्ताव बहुमतले पारित गरेको हो । आजको बैठकमा समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले समितिले काम गर्दागर्दैको अवस्थामा संविधानका अन्तर्वस्तुमा प्रश्नावली निर्माणलगायत काम पूरा गर्न पाँच दिनको समय अपर्याप्त भएको भन्दै अरू पाँच दिन थप्नेसम्बन्धी प्रस्ताव सभामा प्रस्तुत प्रस्तुत गर्न रोस्ट्रममा जानु भएका गुरुङ राप्रपा नेपालको नाराबाजी र अवरोधका कारण केहीबेर रोकिनुभएको थियो ।

 यसैवीच संविधानसभाको आजको बैठकमा सभाध्यक्षसँग समय लिएर राप्रपा नेपालका अध्यक्ष थापाले प्रक्रियामा हराइए पनि आफूहरूले उठाएको विषयमा प्रश्न बन्नुपर्ने माग गर्नुभएको थियो ।  त्यस्तै अध्यक्ष थापाले प्रस्ताव निर्माण समितिले संविधानका विवादित विषयमा प्रश्न बनाउने कार्यादेश पाएको भए पनि आफ्नो पार्टीको धारणाको कुनै पनि सुनुवाइ नगरिएको भन्दै सङ्घीयता, धर्मनिरपेक्षता र राजसंस्थाको विषयमा पनि प्रश्न बनाउनुपर्छ भन्ने पार्टीको माग भए पनि नेपाली काँग्रेस र नेकपा(एमाले)लगायत दलले जबर्जस्ती गरेको आरोप लगाउनुभएको थियो ।

अध्यक्ष थापाले आफूहरू प्रक्रियाका आधारमा संविधान जारी गर्नुपर्छ भन्ने मान्यतामा रहेको भए पनि फरक विचारलाई निषेध गर्ने प्रवृत्ति गलत र घातक भएको भन्दै प्रजातन्त्रमा कोही कसैलाई निषेध गर्न नमिल्ने धारणा राख्नुभयो । आफूहरूले बोकेको विचार गलत भए मतदानबाट हराइए पनि स्वीकार गर्ने भन्दै उहाँले प्रश्नावली नै नबन्ने भन्ने विषय पूर्णतः गलत भएको बताउनुभयो । साथै एनेकपा(माओवादी र मधेसकेन्द्रित दललाई समेत सहमतिमा ल्याएर संविधान जारी गर्नुपर्नेमा आफ्नो दललाई समेत बाहेक गर्न खोज्नाले संविधानसभाबाट संविधान बन्न नदिने खेल सुरु भएको आशङ्का व्यक्त गर्दै संविधानसभाको आजको बैठकमा राप्रपा नेपालले आफूहरूले उठाएको विषयमा सुनुवाइ नभएको भन्दै नाराबाजी र अवरोध गरेको थिए ।

तर नाराबाजी र अवरोधका वीचनै प्रस्ताव समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले समितिको समय पाँच दिन थप गर्नेसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्ताव पेस भएलगत्तै सभाध्यक्ष नेम्वाङले संविधानसभाको बैठक यही माघ २९ गते अपराह्न १ बजेका लागि स्थगन भएको जानकारी गराउनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031