सोमवार, चैत्र १३, २०७९

राजनीतिक स्थायित्व कायम गर्नका लागि लोकतान्त्रिक संविधान :उपप्रम सिंह

Dpmकाठमाडौं माघ २३,  मेलम्ची नगरपालिकाको पहिलो नगर परिषद् कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थायित्वका कायम गर्नका लागि सहमति नभए प्रक्रियामा गएर भए पनि लोकतान्त्रिक संविधान ल्याउने बताउनुभएको छ ।

त्यस्तै उपप्रम सिंहले राजनीतिक स्थायित्व कायम नभएकै कारण देश विकास हुने अभिव्यक्ति सहित राजनीतिक स्थायित्व र देश विकासका लागि पनि संविधान जारी गर्नुको विकल्प नभएकोमा विशष जोड दिदै  संविधानसभामा अहिले प्रतिपक्षी दलले गरिरहेको गतिविधि अप्रजातान्त्रिक भएको उनले बताए ।  साथै उहाँले    यो संविधानसभाले संविधान बनाएरै छाड्ने दाबी गर्दे सकेसम्म सहमतिको प्रयास हुन्छ, यदि एमाओवादी लगायतका  प्रतिपक्षीहरु सहमतिमा आउन तयारै भएनन् भने प्रक्रियाबाट भएपनि संविधान जारीहुने दावी  गर्नु भएको भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

त्यस्तै  त्यस अवरमा  उपप्रम सिंहले मेलम्चीको पानी काठमाडौंमा ल्याउने कृष्णप्रसाद भट्टराईको सपना पुरा गर्न आफु लागिरहेको उनले बताउँदै   यसको लागि समयमै काम सम्पन्न गर्न कामको गति बढाउँदै    मेलम्चीवासीहरुलाई आग्रह समेत गर्नु भएको  थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031