काठमाडौ माघ २०, राजधानीको टेकुमा आज बिहान त्रिपुरेश्वरबाट कालीमाटीतर्फ गइरहेको कलंकी–कपन रुटमा चल्ने बा १ ख ९५४१ नम्बरको यात्रु बस बिहान ५ः३० बजे दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै नौजना यात्रु घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटी अनुसार उक्त दुर्घटनामा बसका कन्डक्टर २५ वर्षीय कुशल गुरुङको मृत्यु भएको थाह भएको छ । दुर्घटनामा घाइते भएका अरु यात्रुको अवस्था सामान्य रहेको र उनीहरूको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ । तीव्रगतिमा रहेको सो बस रिक्सालाई बचाउन खोज्दा सडकमै पल्टिएको थियो । बसका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
राजधानीमा यात्रुबस दुर्घटना, एकको मृत्यु, नौजना यात्रु घाइते
February 3, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- राहदानी प्रकरणमा रविलाई क्लिन चिट दिइएको भन्दै अख्तियारमा उजुरी
- आज राजनेता गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस विविध कार्यक्रम सहित मनाइदै
- आज घोडे जात्रा मनाइँदै
- प्रधानमन्त्री प्रचण्डलाइ विश्वासको मत: प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत
- बैशाख १० मानै चितवन-२,तनहुँ १ र बारा-२ मा पनि उपनिर्वाचन हुने

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np