शनिबार, चैत्र १८, २०७९

मुलुकको स्थायित्वका लागि शान्ति, लोकतन्त्र र संविधान : प्रम कोईराला

काठमाडौं  १०,  प्रधानमन्त्री सुशील कोइरालाले आज धादिङको बैरेनीमा आयोजित गणेशमान सिंह बलिदान अभियान कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमा शान्ति, Sushil-Koirala2 (1)लोकतन्त्र र स्थायित्वका लागि संविधान चाहिएको छ । देशलाई समृद्धिको बाटोमा अघि बढाउन र कृषि, पर्यटन, सडकलगायतका क्षेत्रमा विकास गर्न पर्ने अवस्थामा आन्दोलनको कुनै औचित्य नभएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले सबै पक्षको सहमतिमा संविधान जारी गर्ने प्रतिबद्धताअनुरूप साझा सहमति बन्न नसकेकाले माघ ८ मा संविधान जारी गर्न नसकेको स्वीकार गर्दै नेपाली काँग्रेसले संविधान ल्याउनकै लागि लामो समयदेखि राजनीतिक सङ्घर्ष गर्दै आएको स्मरण गराउँदै जतिसुकै ठूलो मूल्य चुकाएर भए पनि लोकतान्त्रिक संविधान जारी गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा अर्थमन्त्री डा रामशरण महत र वनमन्त्री महेश आचार्यले अहिले राजनीतिक क्रान्ति सम्पन्न भइसकेकाले लोकतन्त्र, शान्ति र आर्थिक विकासमा लाग्न जनतालाई आग्रह गर्नुभयो ।  गणेशमान बलिदान अभियानअन्तर्गत गणेशमान सिंह भद्रगोल जेल तोडेर भाग्ने क्रममा विश्राम लिएको धादिङको बैरेनी गाउँमा गणेशमान सिंह बलिदान अभियानको कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अभियान अन्तर्गत नुवाकोट जिल्लाले धादिङ जिल्लालाई त्यसअवसरमा गणेशमानको फोटो र झन्डा हस्तान्तरण गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031