सोमवार, चैत्र ६, २०७९

मन्त्रिपरिषद्को बैठक: १७ सहसचिव सचिवमा बढुवा

काठमाडौं माघ २२, मन्त्रिपरिषद्को आज बसेको सिंहदरबारमा आज बसेको बैठकले विभिन्न मन्त्रालय र विभागका उच्चपदस्थ कर्मचारीलाई विशिष्ट श्रेणी सचिवमा बढुवा singhadurbarगरी पदस्थापन गरेको छ ।  यसरी विशिष्ट श्रेणीमा बढुवा बढुवा गरी पदस्थापन भएका कर्मचारीहरुमा क्रमस सहसचिव सुरेशप्रकाश आचार्य, शरदराज विष्ट, गजेन्द्रकुमार ठाकुर, लक्ष्मणप्रसाद मैनाली, रामकुमार आचार्य, राजन खनाल, नवराज भण्डारी र श्रीधर सापकोटा रहेका छन ।

त्यस्तै गरी विजयकुमार मल्लिकलाई मध्यपश्चिमाञ्चल र दिनेशकुमार थपलियालाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, ईश्वरीप्रसाद पौडेललाई जल तथा ऊर्जा आयोग, रमेशकुमार शर्मालाई राष्ट्रिय सतर्कता केन्द्र, टङ्कमणि शर्मालाई सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रेमकुमार राईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग र खुमराज पुञ्जालीलाई शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिवमा र ईश्वरराज श्रेष्ठलाई सचिवमा बढुवा गरी महालेखा परीक्षकको कार्यालय तथा सुनिलबहादुर मल्ललाई बढुवा गरी सूचना तथा सञ्चार मन्त्रालयमै पदस्थापन गरेको पदस्थापन गरेको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ ।

त्यस्तै गरी बैठकले धर्मपुत्र÷धर्मपुत्री व्यवस्थापन समितिका अध्यक्षमा महेन्द्र श्रेष्ठ र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा अर्को व्यवस्था नहुन्जेलका लागि वनस्पति विभागका महानिर्देशक यमबहादुर थापालाई नियुक्त गर्ने निर्णय गरेको छ भने राजपत्राङ्कित तृतीय श्रेणीको महिला विकास अधिकृतको न्यूनतम शैक्षिक योग्यता तोक्नाका साथै निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति उपलब्ध गराउने निर्देशिका २०७१ पनि पारित गरेको छ । साथै मन्त्रिपरिषद् बैठकले माघी महोत्सव मनाएका थारु कल्याणकारी सभा र नेपाल मगर सङ्घलाई रु पाँच÷पाँच लाख तथा तमु गुरुङ सङ्ग्रहालय भवन निर्माणका लागि ‘तमु हेल छोजधीं गुरुङ राष्ट्रिय परिषद्’लाई रु २५ लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गर्नको अलावा मलेसियामा सम्पन्न आइसिसी लिग डिभिजन थ्रीमा भाग लिएको नेपाली राष्ट्रिय टोलीका सहायक प्रशिक्षकलाई प्रोत्साहनस्वरूप रु एक/एक लाख नगद परस्कार र नेपालमा सम्पन्न महिला भलिबल च्याम्पियनसिप, श्रीलङ्कामा भएको फुटबल खेलमा भाग लिएका नेपाली खेलाडीलाई जनही रु २५ हजार प्रोत्साहनस्वरूप सहयोग गर्ने निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031