आइतवार, साउन २९, २०७९

बिपी सङ्ग्रहालयमा प्रजातन्त्र सेनानीको सम्मान

काठमाडौ फागुन ८,  प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा महत्वपूर्ण योगदान पु¥याएका सयौँ प्रजातन्त्र सेनानीलाई बिपी सङ्ग्रहालयमा आज सम्मान गरिएको छ । काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रजातन्त्र सेनानीलाई नेपालीसम्मान गर्दै छ महिनाभित्र स्थायित्व प्रदान गर्ने र सबै नेपालीले गर्वको महसुस गर्ने संविधान जारी गरिने बताउनुभयो । “जनताबाट निर्वाचि प्रतिनिधिबाट संविधान निर्माण गर्ने सात दशक लामो सङ्घर्षलाई पूर्णविराम दिन पनि संविधान जारी गरिनुपर्छ”, सिटौलाले भन्नुभयो, “बिपीले लिएको बाटो पनि यही हो ।”

पूर्वराज्यमन्त्री ऐश्वर्यलाल प्रधानले प्रजातन्त्रका लागि योगदान दिँदा योगेन्द्रमान शेरचनलाई ज्ञानेश्वरमा निर्मम ढङ्गले गाडीले किचेर मारेका जस्ता घटनाको अझै निष्पक्ष छानबिन हुन नसकेकामा दुःख व्यक्त गर्नुभयो । काँग्रेसका नेता पुरुषोत्तम बस्नेतले बिपीको सपना साकार पार्नका लागि संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गरिनुपर्नेमा जोड दिनुभयो ।

सभासद् दीपक खड्काले स्वतन्त्रताका लागि सङ्घर्ष गर्नेहरूको तीर्थस्थलका रुपमा सङ्ग्रहालय स्थापित भएकाले प्रजातन्त्र सेनानीहरूको वास्तविक सम्मान भएको बताउनुभयो । नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष टङ्क शर्मा कँडेलले अहिले पनि बिपी यहाँ हुनुहुन्छ भन्ने विश्वासमा सङ्ग्रहालयमा सयौँ सेनानी सम्मान ग्रहण गर्न आएको बताउनुभयो । सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले २४ रोपनीमा सीमित सङ्ग्रहालयलाई विश्वविद्यालयका रुपमा स्थापना गर्न पुग्ने गरी जग्गाको व्यवस्था गरिदिन पार्टी नेताहरूलाई आग्रह गर्नुभयो ।

विसं २०३० जेठ ३० गते आन्दोलनका क्रममा दलले प्रयोग गरेको हवाइजहाज अर्घाखाँचीमा २०७० सालमा दुर्घटनामा परेकाले त्यसलाई सङ्ग्रहालयमा सङ्ग्रह गर्ने पहल गरिदिन पनि उहाँले दलका नेतासमक्ष आग्रह गर्नुभयो । कार्यक्रममा सहिद लीला दाहालक माता अम्बिकाले कवितात्मक रुपमा भावनात्मक मन्तव्य दिँदै देशका लागि जीवन उत्सर्ग गर्ने सहिदको उचित सम्मान हुनुपर्ने बताउनुभयो । सो अवसरमा सेनानीहरूले बिपी, गणेशमान, दिवानसिंह राई, रामनारायण मिश्र र योगेन्द्रमान शेरचनको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031