शनिबार, चैत्र १८, २०७९

बायोमेट्रिक कार्ड सहितको राष्ट्रिय परिचयपत्रको ढाँचा तयार भईसक्यो :गृह सहायक प्रवक्ता

काठमाडौ फागुन ४,  सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रमम गृहमन्त्रालयका सहायक प्रवक्ता बलभद्र गिरीले नेपाली नागरिकलाई बायोमेट्रिक कार्ड प्रयोग गरी राष्ट्रिय परिचयपत्र प्रदान गर्ने कार्य प्रारम्भ भएको र साको लागि आवश्यक प्रक्रिया सुरु भइसकको जानकारी दिनुभएको छ pressmeet। साथै उहाँले आसन्न ६५औ प्रजातन्त्र दिवसको तयारी तथा नेपाल भारत सीमा व्यवस्थापन सङगै प्लास्टिक झोलाको प्रयोग लाई निरुत्साहित गर्दै साको व्यवस्थापन सम्बन्धमा भए गरेको र हुँदै गरेको कार्यसम्पादका सम्बन्धमा पनि जानकारीदिनु भएको थियो ।

तर प्रस्तुत कार्यक्रम स्थल सिहदरवारमा नै प्लास्टिकको झोलाको निर्वाद प्रयोग भईरहकेको अवस्था देखाउँदै पत्रकार देवन्द्र चुडालले सहायक गृह प्रवक्ता गिरीसङग प्रश्न गर्दा गिरीले यो झोला कसरी सुरक्षा निकायले सिंहदरबारभित्र छिरायो तुरुन्तै ध्यानाकर्षण गराउँने र सम्बन्धित मन्त्रालयले पनि यस विषयलाई गम्भीररूपमा लिनुपर्ने बताउँनु भएको थियो ।

त्यस्तेैगरि निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आर्थिक वर्षको सुरुवातसङगै आयागमा दर्ताभएका प्रत्येक राजनीतिक दलले छ महिनाभित्र आर्थिक विवरण निर्वाचन आयोगमा बुझाउनुपर्नेमा हालसम्म १७९ राजनीतिक दलमध्ये आयोगले माघ १५ गतेसम्म समय दिई आयोगमा विवरण बुझाउँन ूचाना जारीगर्दा हमलसम्म ३८ राजनीतिक दलले आर्थिक विवरण बुझाएको जानकारी दिदै आगामी चैत २८ गते हुन बागलुङ–१ को उपनिर्वाचन प्रयोजनार्थ १९ गाविसमा ३५ मतदानस्थल र ७० मतदान केन्द्र तोकिएको जानकारी दिनु भएको छ ।

त्यस्तै गरि परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता लेखनाथ भट्टराईले २०१० फेब्रुअरी २६ देखि २०१५ फेब्रुअरी १३ सम्मसेव प्रभावहको क्रममा ३० लाख ५४ हजार १११ एमआरपी जारी भएकोमा कूटनीतिक राहदानी र्२ हजार एकय थान , कार्यालयसँग सम्बन्धित राहदानी १० हजार १सय३८थान त्यस्तै साधारण राहदानी ३० लाख ४० हजार ९१७ थान र र यात्रा अनुमतिपत्र ९५६ वटा रहेको तथाङक प्रस्तुत गर्दै भुटानी शरणार्थीको पुनःबसोबास कार्यक्रमअन्तर्गत आजका मितिसम्म विभिन्न आठ मुलुकमा प्रस्थान गर्ने भुटानी शरणार्थीको सङ्ख्या ९५ हजार ३०३ पुगेको र बेलबारी तथा शनिश्चरे क्याम्पमा २२ हजार ७४२ शरणार्थी रहेको जानकारी दिनुभएको छ ।

भने भूमि सुधार तथा व्यवस्था मन्त्रालयका प्रवक्ता नागेन्द्र झाले सार्वजनिक सेवालाई सरल, सहज र जनताको नजिक पु¥याउने उद्देश्यले थप मालपोत तथा नापी कार्यालय स्थापना गर्ने काम प्रारम्भ गरिएको, आव २०७१।०७२ मा एक हजार ४२० मुक्त कमैयालाई घरजग्गा अनुदान दिई पुनःस्थापना गर्ने लक्ष्य रहेकामा माघ मसान्तसम्ममा ३८३ परिवारलाई पुनः स्थापना गराएको र ४७२ परिवारलाई घर निर्माण अनुदान उपलब्ध गराएको जानकारी दिनुभएको छ ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धीबहादुर खड्काले २०७१ माघ मसान्तसम्ममा कुल दुई लाख ८७ हजार ६५० जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकामा दुई लाख ७६ हजार ८९९ पुरुष तथा १० हजार ७५१ महिला रहेको बताउँनु भएको छ । साथै कार्यक्रममा उहाँहरुले सञ्चारकर्मीहरुल उठाएका विभिन्न जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031