शनिबार, चैत्र १८, २०७९

बहुपहिचान सहितको संविधान र  सङघीयताको पक्षमा सहमति बने एमाओवादी वार्तामा बस्ने : प्रचण्ड

  एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेष भन्ने गित गाएर काग्रेस एमाले यहि गीतको इसारामा चल्न खोजेको  आरोप  लगाउँदै प्रचण्डले भने ���कल जातिय राज्य एमाओवादीले स्विकार गर्दैन

सुनसरी माघ २४,  एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले एमालेले संविधान सभा निर्बाचन अगाडि प्रस्तावित गरेको बहुपहिचान सहितको  सङघीयतामा  सहमति गरी prachanda सहमतिमा संविधान जारी गर्न सकिने बताएका छन् । सुनसरीको इटहरीमा आज क्रान्तिकारी पत्रकार महासङघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काग्रेस र एमालेले सहमतिमा संविधान जारी गर्न बार्ता र छलफलको माध्यमबाट पहल गरे बहुपहिचान सहितको संघियतामा एमाओवादी सहमति गर्न आफहरु तयार भएको बताएको हो ।

त्यस्तै बहुभाषिक, बहुसांस्कृतिक र बहुजाति रहेको मुलुकमा एकल जातिय राज्य एमाओवादीले पनि स्विकार नगर्ने बताउदै कांग्रेस र एमालेले एमाओवादीलाई एकल जातिय कुरा गरेको झुटो आरोप लगाइरहेको बताउँदै अध्यक्ष प्रचण्डले काग्रेस र एमालेले बहुजातिय मुलुकमा एकल जातिय कुरा गरेर विभिन्न जातजातीहरुलाई भिडाउन खोजेको भन्दै एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेष भन्ने गित गाएर काग्रेस एमाले यहि गीतको इसारामा चल्न खोजेको आरोप लगाएका छन।  साथै सहमतिमा संविधान जारी गर्न एमाओवादी अत्यन्तै लचक भएकाले सत्तारुढ दलहरुलाई बहुपहिचान सहितको संविधान र  सङघीयताको पक्षमा सहमति गर्न बाताबरण मिलाए एमाओवादी वार्तामा बस्न तयार रहेको बताउँनु भएके छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031