बिहिबार, भदौ २, २०७९

बक्लौरीका स्थानीयहरू स्वरोजगारको खोजी गर्दै

सुभद्रा प्याकुरेल, इटहरी/   सुनसरीस्थित बक्लौरी गाविसका स्थानीय बासिन्दाहरू स्वरोजगारलाई प्राथामिकता दिन थालेका छन् । स्थानीय श्रम बजारमा रोजगारीको अभावले व्याकुल बनेका स्थानीय बासिन्दाहरू घर गाउँमा नै रोजगारीको व्यवस्था हुनु पर्ने माग गर्न थालेका छन् । बक्लौरी वडा नम्बर ३ की अञ्जु खतिवडाले वडा नागरिक मञ्चको बैठकमा आफनो प्रस्ताव राख्दै भनिन् – ‘सानो भए पनि यही आँगनमा रोजगार खोज्न आवश्यक छ । बिदेशमा रोजगार खोज्ने परम्परा यही वडा बैठकले अन्त्य गर्नु पर्दछ ।’

हरेक गाविसको वडा नागरिक मञ्चको बैठकले आगामी आर्थिक बर्षको योजना तथा कार्यक्रम गाविसमा सिफारिस गर्ने गर्दछ । यसरी योजना र कार्यक्रम सिफारिस गर्न बसेको वडा नागरिक मञ्चको बैठकमा अञ्जुले स्वरोजगारको कुरा उठाए पछि वडा नागरिक मञ्चले पनि बाटो, पानी लगायत भौतिक पूर्वाधार भन्दा पनि स्थानीय निकायको बजेटले स्वराजगारमूखि कार्यक्रम ल्याउन जोड दिएको थियो ।

नेपालमा हरेक बर्ष चार लाख युवा शक्ति श्रम बजारमा प्रबेश गरे पनि ती युवालाई सम्बोधन गर्ने गरी रोजगारीको व्यबस्था गर्न नसक्दा हजारौ युवा बैदेशिक रोजगारमा जान बाध्य छन् । बैदेशिक रोजगारमा जाने युवाहरू पनि समयमा शिक्षा तथा सीप र बैदेशिक रोजगारमा जाने उचित परामर्स प्राप्त गर्न नसक्दा ठगीमा पर्ने र बिभिन्न समस्यामा पर्ने भएकाले बैदेशिक रोजगारलाई जोखिमपूर्ण मानिन्छ ।

बक्लौरी गाविसबाट मात्र पाँच हजार युवा बैदेशिक रोजगारमा गएको अनुमान छ । बक्लौरी गाविसका गाविस सचिव लक्ष्मी अधिकारी भन्छन्– ‘एकीन तथ्यांक त छैनन तर नौ वडामा गरेर पाँच हजार भन्दा बढी युवा बैदेशिक रोजगारमा गएका होलान् । त्यसमध्ये सय जना त महिला मात्र होलान् । करीव ३० हजार जनसंंख्या भएको बक्लौरी गाउ विकास समितिका अधिकांश जनता कृषिमा निर्भर छन् । परम्परागत निर्वाहमूखि खेतिपातिबाट उनीहरूको जीवन गुणस्तरको नभएका कारण बैकल्पिक रोजगारी खोज्नु स्थानीय बासिन्दाको बाध्यता हो ।  आफनो परिवारका सदस्य रोजगारीकै लागि बिदेशिएको बताउने स्थानीय सीता दाहालको कथन छ– ‘आफनै कर्म भूमिमा रोजगारीको अवसर भएमा हाम्रो परिवार संगै हुने थियो । तर विडम्बना यो राज्यले हाम्रो बिछोड गराएको छ ।’ उनी भन्छिन्– ‘स्थानीय निकाय हाम्रो घर नजिकको सरकार हो, यो सरकारले अब केही न केही गर्नु प¥यो ।

त्रिभूवन विश्व विद्यालय जनसंख्या विभागका उपप्राध्यापक डा पदम खतिवडा राज्यको ध्यान कृषि प्रणाली सुधार गर्न तर्फ नगएकै कारणले बैकल्पिक रोजगारीका लागि मानिसहरू बिदेश जान थालेको बताउँछन् । उनले भने–‘स्थानीय तहमा रोजगारका अन्य संभावनालाई खोजीगर्न सकेमा नेपालीहरू खाडीको मरुभूमिमा भौतारिनु पर्दैन थियो ।’  हुन त स्थानीय तहमा गर्न सक्नेलाई प्रसस्तै सम्भावना रहेको जिकिर छ, बक्लौरी ३ कै तारा श्रेष्ठको । सानो तिनो व्यबशाय गरेरै भए पनि जीवनयापन गर्न सकिने ताराको अनुभव छ । उनी भन्छिन् ‘खाडीमा जानु भन्दा बक्लौरीमा साग बेचेर खानु फाइदाजनक छ ।’

स्थानीय अञ्जु खड्काका अनुसार बैदेशिक रोजगारमा जानु पनि नराम्रो नभएको टिप्पणी गर्दछिन् । बैदेशिक रोजगारमा जान अघि अपनाउनु पर्ने शतर्कता र कानुनी प्रक्रिया पुरा गरेर गएमा बैदेशिक रोजगार नराम्रो नभएको उनको भनाई छ । उनी भन्छिन्– ‘तालिम र सीपले बैदेशिक रोजगारमा धेरै फरक पार्दो रहेछ । आफनो श्रीमान् तालिम लिएर कानुनी प्रक्रियाबाट नै साउदी अरबमा गएकाले घर चर्ख जुटाउन सरल भएको उनको अनुभव छ ।  बक्लौरी गाउ विकास समितिमा ९ वडाका स्थानिय समाजसेवी चौठी चौधरी पनि बैदेशिक रोजगार अवसर र चुनौति दुबै भएको बताउँदै बैदेशिक रोजगारका कार्यक्रमहरू पनि लैगिकमैत्री हुनुपर्ने धारणा राख्छिन् । ‘रोजगारको कुरा गर्ने बित्तिकै पुरुषलाई मात्र सम्झन्छन्,’ चौधरीको तर्क छ– ‘महिलाका लागि सिलाई कटाईमा सीमित गरिएको छ, स्थानीय होस् वा बाह्य रोजगारीका लागि सीप चाहिन्छ, यस्तो सीप सिकाउने् चाँजो स्थानीय निकायले गरे मात्र स्थानीय शासनको सबलता  देखिन्छ ।’

यसै सन्दर्भमा डा खतिवडा थप्छन्– ‘स्थानीय निकायले रोजगारी सिर्जना गर्नका लागि ठूलो रकम खर्च गर्न नै पर्दैन, सामान्य सहजीकरणले पनि स्थानीय तहमा ठूलो प्रभाव पार्छ ।’ ‘हामी स्रोतको कुरा गर्ने गर्दछौ, तर स्थानीय तहमा पुगेको स्रोत प्रयोग नभएर बर्बाद छ ।‘ उनले थपे । बकलौरी गाविसका गाविस सचिव लीला अधिकारी पनि गाविसको लक्षित कार्यक्रमबाट पशु पालन, कृषि, तथा उद्यमशीलता विकास क्षेत्रमा सकारात्मक परिबर्तन आएको जानकारी दिन्छन् । जे होस, स्थानीय तहमा रोजगारी सिर्जन गर्नका लागि स्थानीय तहमा आएको स्वरोजगारको यो चेतनालाई प्रयोग गर्न आवश्यक रहेको सबैको धारणा छ ।  मीरेष्ट नेपाल समायोजन लेखमालाबाट

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031