मङ्लबार, अशोज १६, २०८०

प्रश्नावलीलाई अन्तिम रुपदिन समितिको बैठक बस्दै

काठमाडौं माघ २६, आज प्रश्नावली प्रस्ताव निर्माण समितिको बस्ने बैकले प्रश्नावलीलाई अन्तिम रुप दिने भएको छ । बिहान ११ बजेपछि बोलाइएको बैठकमा प्रश्न  biccबनाउन गठित उपसमितिले तयार गरेर दिएको प्रश्नावली बारे थप छलफल गरेर अन्तिम रुप दिन लागेको समितिले जनाएको छ । अग्नि खरेल संयोजक रहेको उपसमितिले हिजो बुझाएको प्रश्नावली प्रतिवेदनमा दुईसय ६५ वटा प्रश्नहरु निर्माण गरिएको छ, जसमा एकसय ९४ वटा मुल प्रश्न र ७१ वटा उपप्रश्न राखिएको छ । उपसमितिले संघीयता, शासकीय स्वरुप,निर्वाचन र न्याय प्रणालीका विषयमा प्रश्नावली बनाएको छ ।

संविधानका मुख्य विवादित विषयमा बनाइएको प्रश्नावलीसहितको प्रतिवेदन प्रश्नावली प्रस्ताव समितिले यही २९ गते बस्ने संविधानसभाको बैठकमा पेश गरिनेछ । दलहरुबीच सहमति हुन नसकेको मुख्य ४ विषयमा प्रश्नावली बनाएर संविधान निर्माणको काम अघि बढाउने भन्दै सत्तारुढ कांगे्रस–एमालेलगायतका दल लागे पनि एमाओवादीसहितका दलहरुले भने प्रक्रियाको विरोध गर्दै आएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031