बुधबार, चैत्र १५, २०७९

प्रम कोईराला र एमाओवादी अध्यक्ष दाहाललाई वार्ता र संवादको वातावरण बनाउन आग्रह

काठमाडौ माघ २९, प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज नागरिक समाजका अगुवासङगको भेटमा नयाँ संविधान जारी गर्नका लागि images-cms-image-000002662आफू जुनसुकै त्याग गर्न तयार रहेको बताउँदै सहमतिका लागि संवादको वातावरण तयार गर्ने आफुपूर्ण प्रतिबद्ध रहेको बताउँनभएको छ । भेटवार्ताको क्रममा नागरिक अगुवाहरुले प्रम कोईरालालाई वार्ता र संवादका लागि वातावरण बनाउन आग्रह गरेका थिए ।

यसैवीच आजै नागरिक अगुवाहरु क्रमस डा सुन्दरमणि दीक्षित, प्रा डा वीरेन्द्रप्रसाद मिश्र, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, चरण प्रसार्इंलगायत टोलीले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाट पुगेर वार्ता र संवाद सुरु गर्न आग्रह गर्नुभएको थियो ।  टोलीले सत्तारुढ र प्रतिपक्षी दलबीच विश्वासको सङ्कट बढ्दै गएको छ । प्रक्रियाका आधारमा नै संविधान लेखन प्रक्रियालाई अगाडि बढाउने तयारी एवम् प्रतिपक्षी दलको आन्दोलनको कारण सहमति हुन नसक्दा राजनीतिक अन्योल बढ्दै गएको भन्दै तत्काल संवाद सहमति र सहकार्यलाई आत्मासात गर्न आग्रह गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031