बुधबार, चैत्र १५, २०७९

प्रम कोइराला नेतृत्व सरकारको ३ सय ६५ दिनको उपलव्धी सार्वजनिक

काठमाडौं फागुन ८, काँग्रेस सभापति  सुशील कोइराला नेतृत्वमा गठन भएको वर्तमान  सरकारले एक वर्षे कार्यकालमा सम्पादन गरेका काम कारवाहीको फेहरिस्त विवरण Captureआज सार्वजनिक गरेको छ ।  सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सिंहदरबारस्थित राष्ट्रिय विकास परिषद्को हलमा आज अपराह्न आयोजित पत्रकार सम्मेलनमा सरकारको उक्त विवरण पढेर सुनाउनु भएको हो ।

विवरणमा कांग्रेस एमाले नेतृत्वको संयुक्त सरकारले एक वर्षको यो अवधीमा निर्धारित मितिमा संविधान जारीगर्ननसकेपनि नसके पनि अन्य क्षेत्रमा सन्तोसजनक उपलब्धी हासिल गरेको उल्देख गर्दै शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने अन्तिम तयारी भएको उल्लेख गरिएको छ । त्यस्तै नेपालको अन्तरिम संविधान तथा विस्तृत शान्ति सम्झौताका व्यवस्थाको क्रमशः कार्यान्वयन गर्ने क्रममा विगत आठवर्षदेखि रोकिएको सङ्क्रमणकालीन न्यायलाई पूर्णता दिन वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेला मिलाप आयोग गठन भई काम सुरु भएको तथा सहिद एवम् वेपत्ता परिवार एवम् द्वन्द्वपीडितलाई थप राहत एवम् क्षतिपूर्ति दिनेगरी कार्यक्रम सञ्चालन भएको भएको उल्लेख गरिएको छ ।

त्यस्तै विवरणमा राजनीतिक दलहरुसङग वातावरण तयार गर्न अधिकताम प्रयास भइरहेको जनाएको छ । संविधानसभा र व्यवस्थापिका–संसद्मा सरकारको तर्फबट व्यक्त प्रतिबद्धता, शान्ति सुरक्षा र मानवअधिकार,आर्थिक तथा पूर्वाधार विकास, ऊर्जा क्षेत्रको विकासका लागि भएका प्रयास, कृषिको व्यावसायिकीकरण, सिँचाइ, भूमिसुधार तथा सुकुम्बासी समस्या समाधानका निम्ति भएका प्रयास, विपद् व्यवस्थापन, संस्कृति तथा पर्यटन प्रवद्र्धनलगायत एकसय ४८ बुँदे मुख्य काम र उपलब्धि समेटिएको छ ।

त्यसैगरी आर्थिक क्षेत्रको विकासका लागि कृषि, पर्यटन, उद्योग, वन तथा सिँचाइ क्षेत्रको विकासका प्राथमिकता निर्धारण गरिएअनुरुप कार्यक्रममा लगानी सुनिश्चित गरिएको, ऊर्जा क्षेत्रको विकासका लागि व्यवस्थापकीय पुनः संरचना, लगानीको वातावरण निर्माण गरी निजी क्षेत्रको लगानी आकर्षित गर्दैै परिपूरकका रुपमा सहयोग गर्नेगरी पर्याप्त सरकारी लगानी गरिएको छ ।

त्यस्तै सडक तथा ग्रामीण सडक एवम् अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विमानस्थल निर्माणमा सरकारी लगानीलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै मुलुकको आर्थिक विकास तथा सामाजिक रुपान्तरणमा वर्तमान सरकारले ध्यान केन्द्रित गरेको जनाइएको छ । साथै  वैदेशिक सहायतालाई प्रभावकारी रुपमा परिचालन गर्न तथा प्राप्त हुने रकमको सीमा तोक्न र त्यसलाई मुलुकको आवश्यकता एवम् प्राथमिकतातर्फ लक्ष्यित गर्न विकास सहायता तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको, वर्तमान सरकार गठन भएयताको एक वर्षको अवधिमा रु दुई खर्ब ८३ अर्ब बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको उल्लेख गरिएको भने   दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८ औँ शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरी अन्तर्राष्ट्रिय जगतको मन जित्न वर्तमान सरकार सफल भएको पनि विवरणमा उल्लेख गरिएको  छ ।       संक्षिप्त विवरणको पूर्णपाठको लागि यहाँ क्लिक गर्नुहोला ।  

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031