बिहिबार, भदौ २, २०७९

प्रभावकारी सुरक्षा व्यवस्था सहित महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा

काठमाडौ फागुन ३ ,  पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।  कोषले महाशिवरात्रि पर्वको तयारी सम्बन्धमा जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सदस्य–सचिव डा गोविन्द टण्डनले विगत वर्षहरुमा जस्तै तर त्यसवेला महसुस गरिएको कमजोरी समेत लाई pashupati-mandir1ध्यान दिदै पर्वको अवसरमा एक हजार तिरी सःशुल्क दर्शनको व्यवस्था सहित देश विदेशबाट आउने भक्तजनलाई विशेष सुविधासहित दर्शनको व्यवस्था गरिएको बताउनुभएको छ ।

त्यस्तै उहाँले दर्शनर्थीहरुका दर्शनका लागि वागमती नदीको पश्चिम करिडर प्रयोग गरी तिलगङ्गा–पिङ्गलास्थान हुँदै वनकाली–चारशिवालय, पञ्चदेवल, दक्षिणढोका, वत्सलेश्वरी, आर्यघाट भएर पूर्व ढोकाबाट मन्दिर र वनकाली धर्मशालालाई बायाँ पारेर चार शिवालय, पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था गरिएको जानकारी दिनु भएको छ ।

त्यस्तै गरि दर्शन मार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि भकुन्डोलस्थित कार पार्कमा प्रहरी मूल शिविर÷कमाण्ड पोस्ट स्थापना गरिएको र पार्किङस्थल, जुत्ता चप्पल कक्षलगायत आवश्यक स्थानमा नेपाल प्रहरीको सव–कमाण्ड पोस्ट र पिकेड÷कर्डन स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको पूर्ण प्रभावकारी सुरक्षाका लागि सिसिटिभी जडान गरी करिब चार हजार सुरक्षाकर्मीको व्यवस्था गरिएको व्यवस्था मिलाइएको पनि त्यस अवसरमा जानकारी दिईएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031