मङ्लबार, चैत्र ७, २०७९

प्रजातन्त्र दिवसमा सहभागी हुन सरकारको आह्वान

काठमाडौ फागुन ६ , ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्य रुपमा मनाउन समितिका सदस्य, संवैधानिक निकायका Freedom-dayपदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारका निजामती, प्रहरी, जङ्गी तथा संस्थानका कर्मचारीलाई फागुन ७ गते नेपाली सैनिक मञ्चमा हुने कार्यक्रममा सहभागी भई सो दिन आ–आफ्नो कार्यालय एवम् घर–घरमा साँझ दीपावली गरी ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्य रुपमा मनाउन हुन अनुरोध गरेको छ ।

त्यस्तै समितिले जारी गरेको सूचनामा सहभागी हुन चाहने सबैलाई सहिदगेटमा जम्मा भई खिचापोखरी, जुद्धशम्शेरको सालिक, इन्द्रचोक, असन, भोटाहिटी, रत्नपार्क, विद्युत् प्राधिकरणको ढोका हुँदै गरिने प्रभात फेरीमा सहभागी हुँन आह्वान गरेको छ ।