शुक्रबार, जेष्ठ १९, २०८०

प्रक्रियालाई खारेज गरेर सहमतिमा जाने हो भने एमाओवादी सम्वादका लागि तयार :प्रवक्ता शर्मा

काठमाडा्ैं माघ २४,  एमाओवादी पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता दीनानाथ शर्माले सत्तारुढ दलले बहुमतको आधारमा सुरु  गरेको प्रक्रियालाई खारेज गरेर सहमतिमा नै संविधान जारी हुने अवस्था आए आफूहरू सम्वादका लागि तयार रहेको बताएको छ ।  त्यस्तै प्रवक्ता शर्माले वार्ता प्रक्रिया सत्तारुढ दलले नै अवरुद्ध गरेका भन्दै कारण सम्वादको प्रक्रिया सुरु गर्ने हो भने प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिकरुपमा वार्ताको लागि आह्वान गर्दै विगतका भएका सहमति तथा सम्झौताको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु पर्ने बताउँनभएको छ।

त्यस्तै पत्रकार सम्मेलनमा एमाओवादीका नेता लिलामणि पोखरेलले नेपाली काँग्रेस र नेकपा एमालेका नियत खराब भएका कारणनै आफुहरुले आन्दोलनको मार्ग अख्तियार गर्नु परेको बताउँनु भएको थियो ।